‘मिस इको इन्टरनेशनल २०२६’मा नेपालबाट सेजल जाँदै

काठमाडौँ । इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२६’मा नेपालबाट सेजल राजभण्डारीले प्रतिनिधित्व गर्ने भएकी छन्।

आगामी अप्रिलमा हुने यो प्रतियोगितामा ७५ भन्दा बढी देशका ‘इको सुन्दरी’हरूको सहभागिता रहने जनाइएको छ । ग्रिन आर्ट मिडियाले आयोजना गरेको ‘मिस इको इन्टरनेशनल नेपाल २०२६’ मार्फत सेजल ‘मिस इको इन्टरनेशनल २०२६’ को लागि चयन भएकी हुन् ।

काठमाडौँमा आयोजित विशेष समारोहबिच गत वर्षकी ‘मिस इको इन्टरनेशनल नेपाल २०२५’ विजेता संस्कृति भट्टले सेजललाई ताज पहिराएकी थिइन्। ताज ग्रहणपछि सेजलले यस अवसरलाई आफ्नो जीवनको महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको बताइन्। उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको मौलिक कला, संस्कृति तथा पर्यटकीय गन्तव्यहरूको प्रचार–प्रसार गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

सो प्रतिस्पर्धामा सेजल नेपालकी एक्लो प्रतिनिधिका रूपमा सहभागी हुनेछिन्। प्रतियोगिताका लागि उनलाई विशेष तयारी गराइने ग्रिन आर्ट मिडियाकी प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठले कार्यक्रमका जानकारी गराइन् । उनले प्रतिष्ठित व्यक्तित्वहरूबाट सेजललाई विशेष प्रशिक्षण प्रदान गरिने बताइन् । श्रेष्ठ सन् २०१५ देखि यस प्रतियोगिताका लागि नेपालले आधिकारिक रूपमा आबद्धता जनाउँदै आएको पनि जानकारी गराइन् ।

अनिलाका अनुसार ‘ब्युटी फर इको’ नारासहित सञ्चालन हुँदै आएको ‘मिस इको इन्टरनेशनल’ प्रतियोगिता वातावरण संरक्षण र पर्यटन प्रवद्र्धनलाई केन्द्रमा राखेर आयोजना गरिन्छ । एल.टी.सी.पी. अर्गनाइजेशनले सन् २०१५ देखि इजिप्टमा यसको सुरुवात गरेको हो। प्रतियोगितामार्फत विश्वभरका पर्यावरणीय मुद्दा, सांस्कृतिक विविधता र पर्यटन प्रवद्र्धनसम्बन्धी सन्देश अन्तर्राष्ट्रिय सञ्जालमार्फत प्रवाह गर्ने उद्देश्य राखिएको छ ।

ग्रिन आट्र्स मिडियाका प्रमुख कार्यकारी अधिकृत प्रवीण लाकौलका अनुसार, नेपालबाट सहभागी हुने प्रतिनिधिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने लक्ष्यका साथ दीर्घकालीन तयारी गरिँदै आएको छ । सेजलले नेपालका प्राकृतिक सम्पदा, सांस्कृतिक पहिचान र वातावरणीय सचेतनाको सन्देश विश्व समुदायसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्ने विश्वास उनले कार्यक्रममा व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
(Visited 37 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल आँखा अस्पताललाई ‘डोको एक्सिलेन्स अवार्ड’