सिन्धुली । कमलामाई नगरपालिका–४ हिरापानीमा बस र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी सूर्यप्रकाश सुवेदीका अनुसार काठमाडौंबाट सिन्धुलीको मरिणतर्फ जाँदै गरेको बा.४.ख ३८९४ नम्बरको बस र सिन्धुलीमाढीबाट चियावारीतर्फ जाँदै गरेको ज.१०.प.९२३ नम्बरको स्कुटर आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालकलाई उपचारका लागि सिन्धुली अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो । मृत्यु हुनेमा कमलामाई नगरपालिका – ६ धुराबजार बस्ने वर्ष ३५ को चन्द्र श्रेष्ठ रहेको डीएसपी सुवेदीले जानकारी दिए ।
दुर्घटनापछि बस चालक हरिहरपुरगढी गाउँपालिका–५ निवासी ४१ वर्षीय राजकुमार माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बस समेत नियन्त्रणमा राखी घटना’bout थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।






