बञ्चरो प्रहार गरी श्रीमतिसहित ३ जनाको हत्या प्रयास, तीनै जनाको अवस्था चिन्ताजनक

लमजुङ । लमजुङमा एक व्यक्तिले गरेको बञ्चरो प्रहारबाट निजकी श्रीमतीसहित तीन जनाको हत्या प्रयास भएको प्रहरीले जनाएको छ । घाइते तीनै जनाको अवस्था चिन्ताजनक रहेको घट्रना बुधबार भएको हो ।

लमजुङको दोर्दी गाउँपालिका– ४ को साधिखोलामा त्यस्तो अपत्यारिलो घट्ना भएको हो । त्यहाँका ४९ वर्षीय पुरुष बगन गुरुङले ४५ वर्षीया आफ्रनी श्रीमती चिजामाया गुरुङ, १० वर्षीय भतिजा अमन गुरुङ र ७१ वर्षीय काका गर्भलाल गुरुङ उपर पालो पालो बञ्चरो प्रहार गरी हत्या प्रयास गरेको रहस्य खुलेको प्रहरी भनाइ छ । त्यो घट्ना बुधबार भएको सो गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताए ।

साविकको घर दोर्दी गाउँपालिका– ५ को छैलुङ गाउँमा स्थायी बसोबास रहेका गुरुङ दम्पतीको परिवार १६ वर्ष अघि साधिखोलामा घर बनाई बसाई सरेर बसोबास गर्दै आएका रहेछन् । चिजामायाको माइती दोर्दी गाउँपालिका– ५ को वाक्सर गाउँ रहेको सो गाउँपालिकाका – ५ की सामाजिक कार्यकर्ता तैमाया गुरुङले जानकारी दिइन । उनका अनुसार चिजामाया मेरो साथी हो । उनले भनिन

‘सधैं जस्तो घरझगडाको अचानक ४९ वर्षीय बगन गुरुङले बञ्चरोले प्रहार गर्दा श्रीमती चिजामायाको देब्रे हात नाडीमा छिनालिएको छ ।’ बञ्चरोको चोटले दायाँ हातको हत्केलामा बञ्चरोको चोटले चिरिएको छ भने बुढी औंला काटिएको चिजाकी नन्द मपु गुरुङले बताइन् । उनका अनुसार चिजाको पेटमा प्रहार गरेको बञ्चरोको चोटले आन्द्रा भुडी समेत बाहिर निस्केको थियो । उनले भनिन्, ‘चिजाको प्रदेश अस्पताल बेसीशहरमा आइसियुमा उपचार भइरहेको छ, तर अवस्था चिन्ताजनक छ ।’ चिजा २, ३ घण्टामा होसमा आउने गरेको उनको भनाइ छ ।

अर्का घाईते बालक १० वर्षीय अमन गुरुङ ठूली आमाको घरमा गएका रहेछन । मस्र्याङदी गाउँपालिका– ८ को बडागाउँका घर भएका अमन गुरुङको चिजा ठूली आमा हुन् मपु गुरुङले जानकारी दिइन् । उनका अनुसार अमनको सिएमसी अस्पताल चितवनमा आइसियुमा उपचार भइरहेको छ । उनको घित्रोमा बञ्चरो प्रहार गरिएको रहेछ, यसको अवस्था पनि चिन्ताजन छ भन्ने खबर आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक अभिशेक पाण्डेले बताए ।

उनका अनुसार बञ्चरोले खप्परमा प्रहार गरिएका ७१ वर्षीय गर्भलाल गुरुङको अवस्था चिन्ताजनक छ । चितवनका लागि रिफर गरिएका उहाँको त्यहाँ पनि उपचार हुन नसक्ने भनि फिर्ता गरिएपछि भरखरै प्रदेश अस्पताल बेसीशहरमा ल्याएर आइसियुमा उपचार थालिएको उनले बताए । उनले भने ‘तीनै जनाको अवस्था उस्तै उस्तै चिन्ताजनक नै छ ।’

सो घट्ना थाहा पाउनासाथ अस्पतालमा तिनै विरामीको रेखदेख गर्ने, उनीहरूको आफन्तसँग सम्पर्क गर्ने गर्दैमा दिन बित्यो तैमाया गुरुङले बताइन् । उनका अनुसार चितवन पठाइएका बिरामीको उपचार खर्च छैन भन्ने खबर आयो, त्यसपछि त्यही ’round गरेर ५० हजार जति चन्दा संकलन गरेकोमा ३० हजार चितवन पठाएर अरु यही राखेको छ ।

श्रीमती, काका र भतिजालाई बञ्चरो प्रहार गर्ने बगन गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइको छ । बगनले करिब १५ वर्ष अघि पनि श्रीमतीलाई ह्याम्बरले कुट्दा १०– १२ वटा टाँका लगाउनु पर्ने स्थिति बनेको र अहिलेकै प्रदेश अस्वताल तत्कालीन जिल्ला अस्पतालमा उपचार गरिएको समेत खुल्न आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 116 times, 1 visits today)

epaper

ताजा समाचार

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?