व्यवसायी भट्ट अध्यागमनको कालोसूचीमा

काठमाडौं । अध्यागमन विभागले व्यवसायी दीपक भट्टलाई कालोसूचीमा राखेको छ ।

भट्टमाथी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ । भट्टको राहदानी कालोसूचीमा राख्न सोमवार सम्पत्ति शुद्धीकरणले अध्यागमनलाई पत्र पठाएको थियो । सो पत्रका आधारमा भट्टको राहदानी कालोसूचीमा राखिएको स्रोतले जानकारी दिएको छ ।

भट्ट माथि विभिन्न ठूला ठेक्का र खरिदमा चलखेल गर्ने गरेको आरोप छ । उनी राजनीतिक पहुँचको आडमा राज्यका विभिन्न निकायमा नियुक्ती तथा ठेक्काको सेटिङ मिलाउँदै स्वार्थअनुरुपका काम गर्ने र गराउने गरेको पनि आरोप लाग्दै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 75 times, 1 visits today)

epaper

ताजा समाचार

भीमफेदीमा महिला स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आबद्ध