खाडी क्षेत्रका नेपालीको उद्धारका लागि भोलिदेखि सरकारले विशेष उडान सञ्चचालन गर्ने

काठमाडौं । सरकारले खाडी क्षेत्रमा रहेका नेपालीहरूको उद्धारका लागि विशेष उडान गर्ने भएको छ। बुधबार परराष्ट्रमन्त्री शिशिर खनालको समन्वयमा सरकारका विभिन्न निकायको छलफलले यस्तो निर्णय गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

परराष्ट्र मन्त्रालयका अनुसार नेपाल एयरलाईन्समार्फत भोलिदेखि तीन दिनसम्म चार वटा उडान गरिने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार निम्न मिति र समय अनुसार नेपाल एयरलाईन्सको उडान सञ्चालन गरिने छ । 

३ अप्रिल २०२६ काठमाडौं–दुबई – २३ः१५ (स्थानीय समय)
४ अप्रिल २०२६  दुबई–काठमाडौं – ०४ः१० (स्थानीय समय)
५ अप्रिल २०२६ काठमाडौं–दमाम – ०८ः३० (स्थानीय समय)
५ अप्रिल २०२६ दमाम–काठमाडौं – १२ः२० (स्थानीय समय) 

पश्चिम एशियामा जारी तनाव तथा सुरक्षा अवस्थाका कारण यी क्षेत्रहरूमा नियमित उडानहरू २८ फेब्रुअरी २०२६ देखि स्थगित रहेका थिए।

तपाइको प्रतिक्रिया
(Visited 149 times, 1 visits today)

epaper

ताजा समाचार

अमेरिका, बेल्जियम र इग्ल्यान्ड अन्तिम १६ मा