दिक्तेलमा वैशाख पहिलो साता बृहत् विज्ञान प्रदर्शनी हुने

महोत्सव सम्बन्धी जानकारी दिन शुभम् फाउन्डेसनको प्रांगणमा आयोजित पत्रकार सम्मेलन ।

खोटाङ । खोटाङको दिक्तेलमा आगामी वैशाख ३ गतेदेखि ७ गतेसम्म एआइ (कृत्रिम बुद्धिमत्ता) जडित बृहत् विज्ञान प्रदर्शनी महोत्सव आयोजना हुने भएको छ ।

सोल्मा डाँडागाउँस्थित शुभम् फाउन्डेसनको प्राङ्गणमा आयोजना हुने उक्त महोत्सव कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, शुभम् फाउन्डेसन र हिमालयन माविको संयुक्त आयोजनामा महोत्सवको तयारी गरिएको महोत्सवका संयोजक सूर्यबहादुर राईले जानकारी दिए ।

प्रविधिमैत्री तथा नवप्रवर्तनमुखी महोत्सव जिल्लामै पहिलोपल्ट आयोजना गर्न लागिएको संयोजक राईको भनाई छ । प्रदर्शनीमार्फत विद्यार्थी तथा युवापुस्तामा विज्ञान र प्रविधिप्रति रुचि बढाउने, एआइको प्रयोग तथा सम्भावना’bout सचेतना फैलाउने र स्थानीय स्तरमै नवप्रवर्तनलाई प्रोत्साहन गर्ने लक्ष्य रहेको पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको छ ।

महोत्सवमा विभिन्न विद्यालयका विद्यार्थीले तयार पारेका विज्ञानसम्बन्धी परियोजना, एआइ प्रविधिमा आधारित नमुना प्रस्तुति तथा अन्तरक्रियात्मक स्टलहरू राखिने आयोजकले जनाएको छ । यसबाट विद्यार्थीहरूमा सिर्जनशील सोच विकास हुने र ग्रामीण क्षेत्रमा विज्ञान तथा प्रविधिसम्बन्धी ज्ञान तथा सीपको विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 68 times, 1 visits today)

epaper

ताजा समाचार

आशिकाको रिस अझै मरेन, आज पनि खनिइन् चिरिबाबुप्रति