काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित तीनै जना पदाधिकारीले सामूहिक राजीनामा दिएका छन्।
बिहीबार त्रिविका उपकुलपति प्राडा दीपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले राजीनामा दिएका हुन्। तीनै जनाले राजीनामा दिएको शिक्षाध्यक्ष केसीले बताए।
सरकारले गरेको आह्वान गरेअनुसार नै आफूहरूले राजीनामा दिएको उनको भनाइ छ। ‘उपकुलपतिसहित हामी तीनै जनाले सामूहिक राजीनामा दिएका छौँ,’ केसीले भने।
नयाँ सरकारलाई काम गर्न सजिलो होस भनेर राजीनामा दिएको उनीहरूको भनाइ छ। सरकारले यसअघि भएका राजीतिक नियुक्ति हटाउने तयारी गरेको छ।
अर्याल २०८२ असार २५ मा उपकुलपति नियुक्त भएका थिए। उनलाई तत्कालनी प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपति नियुक्त गरेका थिए। तत्कालीन कुलपति प्राडा केशरजंग बरालले राजीनामा दिएपछि ओलीले अर्याललाई उपकुलपति नियुक्त गरेका थिए।
त्यस्तै, शिक्षाध्यक्ष प्राडा केसी र रजिस्ट्रार प्राडा रिजाल २०८० चैत ३० मा नियुक्त भएका थिए। तत्कालीन उपकुलपति प्राडा बरालको सिफारिसमा उनीहरूलाई तत्कालीन प्रधानमन्त्री एवं त्रिविका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियुक्त गरेका थिए।
त्रिविका पदाधिकारीको कार्यकाल चार वर्षको हुन्छ। कार्यकाल बाँकी छँदै उनीहरूले राजीनामा दिएका हुन्।
सम्बन्धित समाचार
काठमाडौंमा वायु प्रदूषण बढ्यो : एक्युआई
क्यान्सरसँग लड्दै ३ वर्षीय छोरा,आर्थिक सहयोगका लागि अपिल
चिकित्सा शिक्षा आयोगको वेबसाइटमा अनियमिताको आशंका, छानबिनको माग
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरैमा एनओसी पाउन सक्ने
विद्यार्थीलाई अनिवार्य ४५ प्रतिशत गाडी भाडा छुट दिन सरकारको निर्देशन
मप विश्वविद्यालयमा ‘बहुविषयगत अन्तरराष्ट्रिय सम्मेलन’ सुरु
छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका
कक्षा १२ उत्तीर्णले निमावि लाइसेन्स पाउन कुन विषय पढेको हुनुपर्छ ?






