सप्तरीका सुकुम्वासी सडकमा

सप्तरी । सरकारले विभिन्न जिल्लामा सुकुम्वासी बस्ती खाली गराउन थालेपछी चिन्तामा परेका सप्तरीका सुकुम्वासी पनि आन्दोलित भएका छन् ।

यस क्रममा बिहिबार सदरमुकाम राजविराजमा “डोजर आतंक बन्दर गर, उचित बसोवासको व्यवस्था गर, लालपूर्जा बितरण गर, विकल्प बिना घरबारबिहीन बनाउन पाइदैन” लगायतका नाराबाजी गर्दै बिरोध प्रदर्शन गरिएको छ ।

अखिल नेपाल सुकुम्वासी संघ, भूमी अधिकार मञ्च, मुक्त हरवा चरवा अधिकार मञ्च, दलित जनचेतना संगम लगायतका संघ संस्थाको अगुवाइमा स्थानीय राजरंगशालाबाट निस्केको बृहत दवाबमूलक ¥याली नगर परिक्रमा पश्चात् बिरोध सभामा परिणत भएको थियो ।

सभालाई ¥यालीका संयोजक प्रथमलाल राम, अन्तरिम सदस्य अशर्फि सदा, दलित अभियान्ता युक्ति मरिक, मजदुर नेता केदार देव, लगायतले सम्बोधन गर्दै भूमीहीनको उचित वसोवासको प्रबन्ध बिनै हचुवाको भरमा डोजर चलाउने काम भएको भन्दै त्यस्तो कार्य अविलम्ब रोकिनु पर्ने माग गरेका थिए ।

उनीहरुले उठिवास गर्ने काम बन्द नगरे देशभरका भूमिहीन संगठित भई आन्दोलन चर्काउने चेतावनी समेत दिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

सप्तरीका सुकुम्वासी सडकमा