काठमाडौं । दुई सातादेखि सरकारी कर्मचारी मात्र रहेको केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले बल्ल निजी क्षेत्रबाट एक चलचित्रकर्मी पाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सेन्सरको बोर्डको रिक्त तीन सदस्य मध्ये एक सदस्यमा चलचित्र निर्देशक मनोज पण्डितलाई शुक्रवार नियुक्त गरेको छ ।
अघिल्लो सरकारले गरेको सबै राजनीतिक नियुक्ति वर्तमान सरकारले खारेज गर्ने क्रममा निजी क्षेत्रबाट सेन्सर बोर्डमा नियुक्तहरू पदमुक्त भएका थिए । चलचित्र विज्ञको रूपमा नियुक्त पाएका तीन सदस्यहरू निर्देशक भिमा मैनाली, चलचित्र पत्रकार कुवेर गिरी र कलाकार सम्पन्न श्रेष्ठ दुई साता अघिको शनिवार पदमुक्त गरिएको थियो । त्यसपछिबाट सेन्सर बोर्डमा बाँकी ६ जना सरकारी कर्मचारी मात्र थिए ।
यी विज्ञ तीन सदस्यसँगै त्यति बेला सरकारले सेन्सर बोर्डको अध्यक्ष एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सह–सचिव उदय बहादुर राना मगरलाई समेत पदमुक्त गरेको थियो । जसका कारण चलचित्रको सेन्सर नै रोकिएपछि पदमुक्त गरेको तीन दिन पछि वर्तमान सरकारले फेरी सञ्चार मन्त्रालयका प्रवक्ता उदयलाई नै अध्यक्षमै नियुक्ति दियो । त्यसपछि सरकारी कर्मचारीले मात्र यो साता नेपाली र विदेशी गरेर आधा दर्जन चलचित्र सेन्सर गरेका थिए ।
यसरी सेन्सर बोर्डमा खाली रहेको चलचित्र क्षेत्रबाट राखिनु पर्ने तीन जना विज्ञ मध्ये मन्त्री स्तरीय निर्देशकबाट चलचित्र निर्देशक मनोज पण्डितलाई शुक्रवार नियुक्त गरिएको हो । विगतमा राजनीतिक नियुक्त भएको र अब खुला परीक्षामा लिएर मात्र बोर्ड सदस्य नियुक्त गर्ने भन्ने चर्चाको विपरीत सरकारले अहिले पनि विज्ञको आधारमा नियुक्ति गरेको छ । रिक्त रहेको बोर्डको बाँकी दुई सिटमा पनि यसै साता नियुक्ति गर्ने भएको छ ।
सेन्सर बोर्डको धेरै कमजोरी रहेको भन्दै विगतमा टिप्पणी गर्दै आएका निर्देशक पण्डितले शुक्रवार नै मन्त्रालयमा पुगेर नियुक्त पत्र लिएका छन् । सेन्सर बोर्डको कतिपय कमजोरी सुधार्नले सेन्सर सम्बन्धी अहिलेको ऐन परिवर्तन गर्न आफ्नो प्रयास जारी रहने पनि उनले बताएका छन् ।
सम्बन्धित समाचार
इतिहासमा चर्केको बहस:‘अगाडि बढ्न पछाडि फर्किनुपर्छ’
मनाइयो विजय मल्ल शताब्दी
चलचित्र ‘आँखा’लाई ‘निर्देशन–क्राफ्ट’मा ‘गोल्ड अवार्ड’
महिला आयोग पुगेर नोराले पनि मागिन माफी
चलचित्र ‘आइ एम जीत बहादुर’ शीर्ष गीत सार्वजनिक
महंगियो चलचित्र संघ संस्थाको उम्मेदवारी दस्तुर
७९ औँ कान्स फेस्टिभल सुरु, पिटरलाई ‘पाल्मे डी’ओर’ पुरस्कार
कान्स फेस्टिभलमा नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’






