पाइपलाइनबाट डिजेल, पेट्रोल आउन थालेपछि चोरीको निसाना ‘हवाइ इन्धन’

वीरगन्ज । अनावश्यक जाम, चोरी, र खर्चिलो मूल्यलाई न्यूनिकरण गर्न पेट्रोलियम पदार्थ मध्ये सबैभन्दा बढि खपत हुने डिजेल, पेट्रोल पाइपलाईनबाट आउन थालेपछि चोरीको निशानामा ‘हवाई इन्धन’ परेको खुलेको छ । भारतबाट नेपाल आयल निगमका लागि ल्याइदै गरेको हवाई इन्धन टुँगोमा नपुगी बाटोमै चोरी हुँदै गरेको रंगेहात भेटेपछि यस्तो तथ्य खुलेको हो ।

पहिले डिजेल पेट्रोल बाटोमै चोरी गर्नेहरुसँग संगत गरेकै व्यक्तिहरु विगतको चोरीको कला प्रयोग गर्दै हुन सक्ने पनि यो घटनाले खुलासा गरेको छ । गन्तव्यमा हवाई इन्धन नपु¥याई बाटोमा इन्धन ग्यालेनमा निकाल्दै गरेको रंगेहात पक्राउ पर्नुले पक्राउ परेका अभियुक्तहरु पटके हुन् कि ? भनी अनुसन्धानको पाटो उता तर्फ पनि सोझिएको पर्साका प्रहरी उपरिक्षक पवन कुमार भट्टराईले पनि बताए । हवाई इन्धन जस्तो प्रज्ज्वलनशिल पदार्थ बाटोमै चोरी गरी विक्री वितरण गर्नु राम्रो संकेत होइन । प्रहरी नियन्त्रणमा आइसकेको सातै जनालाई ७ दिनको म्याद लिई विभिन्न पाटोबाट अनुसन्धान सुरु भएको उनको भनाइ छ ।

भारतको बिहार राज्यको बरौनीस्थित इन्डियन आयल कर्पोरेसन (आइओसी) को टर्मिनलबाट काठमाडौंस्थित नेपाल आयल निगमको लागि ट्यांकरमा ल्याइदै गरेको इन्धन बाटोमा नै चोरीमा परेको हो । बिशेष सूचनाका आधारमा पर्सा प्रहरीले ट्याँकर सहित ७ जना अभियुक्तलाई बिहीबार साँझ सवा ५ बजेतिर पक्राउ गरिएको पर्साका प्रहरी नायव उपरिक्षक चक्र बहादुर मल्लले बताए ।

नेपाल भारत सीमा नाका पार गरी वीरगन्ज महानगरपालिका–१४ स्थित बाईपासमा आइपुगेर सौदागर आयल सेन्टरमा पुगी २० हजार लिटर (२० केएल) क्षमताको ना ७ ख १५३२ नम्बरको ट्यांकरबाट अनधिकृत रुपमा इन्धन निकाल्दै गरेको समयमा अभियुक्तहरु रंगेहात पक्राउ परेको उनको भनाइ छ । ट्याँकरको सिल नफुटाई फलामको पाइपमा जडान गरिएको हुक प्रयोग गरी माथिल्लो भागबाट ग्यालेनमा इन्धन चोरी गर्दै गरिएको अवस्थामा अभियुक्तहरु र दशी सहित पक्राउ परेको तथ्य प्रहरीले सार्वजनिक गरेको छ । काठमाडौंस्थित हवाई इन्धन डिपो पुग्नुपर्ने इन्धन बाटोमै चोरी गरी बिक्री भइरहेको भन्ने सूचना अन्ततः सत्य सावित भएको प्रहरी नायव उपरिक्षक मल्लले बताए ।

प्रहरी नियन्त्रणमा पर्नेहरुमा सौदागर आयल सेन्टरका सञ्चालक वीरगन्ज–३ का ५५ वर्षीय सुनैन मियाँ, वीरगन्ज–१५ का २३ वर्षीय असलम हवारी (कर्मचारी) र वीरगन्ज–११ श्रीपुरका २१ वर्षीय रफिक मियाँ (कर्मचारी) रहेका छन् । त्यसैगरी ट्याँकर तर्फका मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका–११ का २० वर्षीय सन्देश राना मगर, हेटौडाकै वडा नम्बर १० का ४६ वर्षीय केशरराम सुनार, वडा नम्बर १४ का ५० वर्षीय मन्दसिंह लामा र सोही पालिका वडा नं. १४ कै २७ वर्षीय उमेश राना मगर पनि पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ । भारतको आइओसीबाट विगतमा पनि ट्यांकरमा तेल ल्याउने मध्ये ट्याँकरका चालक र सहचालकले विभिन्न पेट्रोल पम्पहरुसँग मिली तेल चोरी गरी नेपाल आयल निगमलाई नोक्सान पु¥याउने गरेको भेटिने गरेको थियो ।

तर केपी ओली नेतृत्वको सरकारले आफ्नो महत्वकाँक्षी योजनाहरु मध्ये पाइपलाइनबाट सीधा डिजेल, पेट्रोल र मटिलेल जस्तो अध्याधिक खपत हुने पेट्रोलियम पदार्थ अमलेखगञ्जसम्म ल्याउने योजना सम्पन्न ग¥यो । जुन एशियाकै पहिलो अन्तरदेशीय पाइपलाईन योजना पनि थियो । यो योजना सम्पन्न गरी पाइपलाइनबाट तेल ल्याउन थालेपछि चोरीमा पल्केका गिरोहको ध्यान हवाई इन्धन तर्फ मोडिएको हुन सक्ने स्थानीय जानकारहरुको पनि अनुमान छ । बाँकी त प्रहरी अनुसन्धानले थप तथ्य बाहिर आउने पनि उनीहरुले तर्क गरे ।

तपाइको प्रतिक्रिया
(Visited 14 times, 1 visits today)

epaper

ताजा समाचार

देउवाको स्वदेश फर्किने तालिका परिवर्तन, साउन २८ गते काठमाडौं आइपुग्ने