कलाकार फेरबदलका कारण ३९ दिनमा सकियो ‘जलाकी’

काठमाडौं । अभिनेता सोनाम तोप्देन र धिरज मगरलाई आलोपालो राख्ने र हटाउने गर्दा चलचित्र ‘जलाकी’को छायांकनमा निकै कठिनाइ आएको थियो । अन्तत : धिरज पूर्ण रूपमा हटेपछि पुनः सोनामलाई राखेर अघि बढेको यो चलचित्रको यति बेला छायांकन सम्पन्न भएको छ । यो चलचित्रको एक महिनामा छायांकन सक्ने लक्ष्य निर्माण पक्षको थियो । सुरुमा केही छायांकन गरेर चलचित्रबाट सोनाम बाहिरिएका थिए । उनको ठाउँमा धिरजलाई लिईयो । तर फेरी धिरजले पनि यो चलचित्र छाडे । पुन सोनामलाई लिएर यसको छायांकन अघि बढाइएको हो ।

यही कारण बल्ल ३९ दिनसम्म खिचेर चलचित्रको सबै दृश्यको छायांकन सम्पन्न भएको छ । चलचित्रको युनिट आइतबार बेलुका सम्पूर्ण छायांकन सम्पन्न गरेर पोखराबाट काठमाडौँ फर्किएको छ । यो चलचित्रलाई अशोक थापा मगरले निर्देशन र निर्माण गरेका हुन् ।

अघिल्लो चलचित्र ‘खुस्मा’ हिट भएपछि फेरी मगर संस्कृतिमा केन्द्रीय रहेर आफूले ‘जलाकी’ निर्माण गरेको अशोकले बताए । त्रिकोणात्मक प्रेम कथामा आधारित यो चलचित्रमा उपासना सिंह ठकुरी, सोनाम तोप्देन, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धिमान तामाङ, अस्तित्व भट्टचन, सहारा हाङमा लिम्बु, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, भावना मगर, राज काउचालगायतको मुख्य भूमिका छ ।

‘जलाकी मगर समुदायको आस्थाको प्रतीकको रूपमा मानिने ढुंगाले चिनेको स्तम्भलाई बुझाउँछ । कसैको सम्झना र मायाको प्रतीकको रूपमा जलाकी बनाउने गरिन्छ,’ निर्देशक अशोकले राजधानीसँग भने । उनका अनुसार शैलेन्द्र डी कार्कीले खिचेको यो चलचित्रमा एसडी योगी र सरित राईको संगीत रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)

epaper

ताजा समाचार

राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित