घरमा पुरिएका तीनजनाको मृत्यु

पाल्पा । माथागढी गाउँपालिका–३ भसक्ट्टामा आइतबार बिहान घर पुरिएर बेपत्ता भएका ३ जनाको शव निकालिएको छ । घरमाथिबाट आएको पहिरोमा पुरिएका घरधनी ७५ वर्षिय लीलबहादुर घर्ती, १७ वर्षिया दिना घर्ती मगर र १५ वर्षिया झरना घर्तीको शव निकालिएको हो ।

आइतवार विहान ४ः३० खसेको पहिरोमा बेपत्ता भएका उनिहरूको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीले खोजी गर्दा मृत फेला परेका हुन् । अबिरल बर्षासँगै आएको पहिरोमा घर पुरिदा जिल्लामा दुई दिनमा ५ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भिमलाल भट्टराईले बताए ।

आइतबार बिहान माथागढी गाउँपालिका–२, रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदीको पनि घरमाथिबाट आएको पहिरोमा पुरिएर ज्यान गएको छ । रिब्दीकोट गाउँपालिका–६, ठिमुरेकी ५९ वर्षीया कृष्णकुमारी सारुको शनिबार राती घर माथिबाट आएको पहिरोमा परी ज्यान गएको थियो । बर्षा र पहिरो पु¥याएको क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

अविरल बर्षासँगै खोला र कालीगण्डकीमा पानीको सतह बढ्दा रुरु क्षेत्र धाम रिडी, प्रेमको प्रतिक रानीमहल क्षेत्र, अन्नको भण्डार माडीफाँट डुवानमा परेका छन् । कालीगण्डकी नदीले पक्की पुल तथा झोलुङ्गे पुलहरूमा क्षति गरेको छ । जिल्लाका अधिकांश ग्रामिण सडकहरूमा पहिरो खसेर बन्द भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 30 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपा सांसदका स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम