काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३७ थान राहदानी सहित एक जना नेपाली पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिरहा धनगढीमाई नगरपालिका वडा नं. १३ का ३८ वर्षीय अजित श्रेष्ठ रहेका छन् । उनी आज बिहान नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट भारतको दिल्ली जान लागेका थिए ।
श्रेष्ठले कुनै पनि आधिकारिक स्वीकृती एवं पत्र नलिई नेपाली राहदानी३७ थान रोमानियाको भिसा लगाउने भन्दै त्यस तर्फ लैजान लागेका थिए ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, काठमाडौं पठाइएको त्रिभुवन विमानस्थलको सुरक्षा कार्यालयले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
कीर्तिपुरमा धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या
फिल्म ‘लालीबजार’ को प्रदर्शन रोक्न अस्विकार
दार्चुला केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस
१४ वटा निर्माण कम्पनीलाई कालो सूचीमा
केयुको जिम्मेवारी प्राध्यापक वाग्लेलाई
जहाज खरिद गर्न लिएको ऋण ५५ अर्ब पुग्यो
घूस लिएको अभियोगमा मुद्दा दायर
मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन






