काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच पार्टी एकताका लागि आन्तरिक छलफलले तिब्रता पाएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा पार्टी एकता गरेर वामपन्थी पार्टीहरुलाई एक ठाउँमा ल्याउँने प्रयास सुरु भएको हो ।
२१ फागुनको निर्वाचनमा लज्जास्पद हारसंगै दुबै पार्टीभित्र नेतृत्व परिवर्तनका लागि जारी दबाबका बीचमा पार्टी एकताका लागि नेतृत्व नजिक्दिै गइरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी एकताका लागि सहमत भएपछि नजिकका नेताहरु छलफललाई तिब्रता दिएका छन् ।
निर्वाचनमा लज्जास्पद हार व्यहोरेका दुबै दलका नेताहरु आउदो प्रदेश र स्थानीय तहको निर्वाचनमा समेत सम्भावित क्षतिलाई रोक्न र पार्टीलाई बलियो बनाउ पार्टी एकतामा जोड गरेका छन् । जेठ महिनाभित्रैमा पार्टी एकता गर्नेगरी छलफल भइरहेको छ ।
ओली र प्रचण्डको विकल्प दुबै पार्टीभित्र युवा नेताहरुले जोडतोडका साथ उठाएका छन् । पार्टीभित्र अहिले नेतृत्व बिरुद्ध उठिरहेको आवाजलाई समेत मथर गर्न तथा आगामी (प्रदेश र पालिका) निर्वाचनमा आफ्नो उपस्थिति बलियो बनाउनका लागि ‘वाम एकता’को कार्ड खोलिएको हो ।
‘एमाले र नेकपाभित्रै नेतृत्वको विकल्प जोडतोडले खोजिन थालेको छ । केपी ओली, प्रचण्ड सहित पूर्व पार्टी प्रमुख र सरकार प्रमुख भइसकेका नेताहरुले स्वेच्छिक अवकास लिनुपर्ने प्रमुख माग युवा विद्यार्थीहरुको छ । पछिल्लो निर्वाचनमा लज्जास्पद हार व्यहोरेपछि त्यो माग झन कडा रुपमा उठिरहेको छ । त्यसबाट बच्नका लागि पनि वाम एकताको काड खोलिएको छ,’ बृद्ध नेता नेतृत्व छोडनुपर्ने अभियानमा लागेका एक युवा नेताले भने ।
एमालेका पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीको नेतृत्वमा पार्टी एकता गर्दा अन्य शीर्ष नेताहरुलाई समेत मान्य हुने भएकाले सोही अनुसार नेताहरु सहमतीको खोजी गरिरहेका छन् । पार्टी प्रमुख र सरकार प्रमुख भइसकेका नेताहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरुले समेत भण्डारीको नेतृत्वमा पार्टी एकताका लागि सहमतीको खोजी रहेका छन् । विगतमा एकले अर्कोलाई अस्वीकार गर्ने यी नेताहरुले कम्युनिष्टहरुको खस्किदो मतलाई जोगाउनका लागि भण्डारीलाई विकल्पको रुपमा देखेका छन् ।
ओलीले भण्डारीको पार्टीको सदस्यता रोकेका थिए । अहिले भण्डारीको सदस्यता नविकरण गर्ने निर्णय एमालेले गरेको छ । भण्डारीको सदस्यता नविकरणसंगै उनको नेतृत्वमा पार्टी एकता गरेर अगाडी बढने सम्भावना बलियो बनेको नेताहरु बताउँछन् । तर पार्टी एकताको छलफलमा रहेका नेताहरुले नेतृत्वको ’boutमा कुनै टुंगो नलागेपनि पार्टी एकताको ’boutमा छलफल जारी रहेको जनाएका छन् ।
एमाले र नेकपाभित्र ओली र प्रचण्डकै विश्वासपात्र नेताहरुले नेतृत्वको बिरुद्धमा लागेपछि छिटै पार्टी एकता गर्नुपर्ने हतारमा ओली र प्रचण्ड छन् । ‘अहिले नै केही टुंगो लाग्न सकेको त छैन तर पार्टी एकताका लागि छलफल भइरहेको कुरा सत्य हो । पार्टी एकता गरेर आगामी निर्वाचनमा सहभागि हुँदा कम्युनिष्ट मत जोगाउन सकिन्छ,’ नेकपाका एक नेताले भने ।
ओलीले एमाले उपमहासचिव लेखराज भट्ट, विष्णु रिमाल तथा प्रचण्डले बर्षमान पुनलाई छलफलका लागि खटाएका छन् । यी नेताहरुका बीचमा पटक–पटक पार्टी एकताको ’boutमा छलफल भएको छ । तर अहिले नै एकताको टुंगो लागि सकेको छैन् ।
नेकपा संयोजक प्रचण्डले वामपन्थी आन्दोलन चुनावपछि धक्का खाएको बताउदै एकता गरेर अगाडी बढनुको बिकल्प नभएको बताएका छन । कम्युनिष्ट पार्टीका बीचमा एकता हुने ’boutमा नेकपाले नीतिगत निर्णय गरेको उनले बताए ।
‘कम्युनिष्ट आन्दोलनको एकता गरेर जानुपर्छ । वामपन्थी आन्दोलन चुनावपछि पक्कै पनि धक्का खाएको छ । एकताको आवश्यक्ता देखिएको छ भनेर हामीले नीतिगत निर्णय पनि गरेका छौं । विभिन्न नेताहरुसंग औपचारिक अनौपचारिक छलफल पनि भई नै रहेको छ । तर तत्कालै एकता भइहाल्ने र एउटै पार्टी बनिहाल्ने अवस्था बनिसकेको छैन,’ सुर्खेतमा आयोजित एक कार्यक्रममा नेकपा संयोजक प्रचण्डले भने ।
सहकार्य र छलफल गर्दै एउटा बिन्दुमा पुगेर पार्टी एकता हुने उनले बताए । पार्टी एकता हुनुपर्ने भन्ने धारणा नेकपाको रहेको समेत उनले बताए । पार्टी संयोजकको नाताले आफूले पनि पहल गरिरहेको प्रचण्डले प्रष्ट पारेका छन् । अर्थपूर्ण र परिणाममुखी एकता भनेको एमालेसंगै हुने प्रचण्डले बताए ।
यता भण्डारी पनि विभिन्न समूहमा विभाजित कम्युनिष्ट पार्टीहरुलाई एकजुट गर्नुपर्ने अभियानमा लागेकी छन् । एमालेको पूर्व उपाध्यक्ष समेत रहेकी भण्डारीले पार्टी सदस्यता नविकरण गर्दै सक्रिय राजनीतिमा होमिन खोज्दा एमाले अध्यक्ष ओलीले उनको सदस्यता नविकरण ‘होल्ड’मा राखेका थिए । २०८२ को साउनमा भण्डारीको एमाले सदस्यता नविकरण होल्डमा राखेपछि भण्डारी र ओलीबीच विवाद बढेको थियो । विवाद बढेपछि दुई नेताका बीचमा सम्वादहिनता अहिले तोडिएको छ । एमालेले सदस्यता नविकरण गर्ने निर्णयसंगै अहिले भण्डारी सक्रिय हुन थालेकी छन् ।
गत २८ वैशाखमा भण्डारी र ओलीबीच सम्वाद भएको छ । ओली निवास गुन्डुमा दुई नेताका बीचमा सम्वाद भएपछि एमालेले भण्डारीलाई पार्टीको कार्यक्रममा प्रमुख अतिथि बनाएको छ । गत आईतबार (३ जेठ) मदन आश्रित ३३औँ स्मृति दिवसमा बल्खुमा आयोजित कार्यक्रममा भण्डारीलाई प्रमुख अतिथि बनाइएको छ ।
कम्युनिष्ट पार्टीहरुलाई एकीकृत गर्दै पार्टीको नेतृत्व गर्ने चाहना भण्डारीको छ । भण्डारी निकट नेता उत्साहित हुदै एकीकृत कम्युनिष्ट पार्टीको नेतृत्व भण्डारीले गर्नुपर्ने बताउँछन् । त्यसका लागि अहिले देखी नै गृहकार्य थालिएको छ ।
प्रचण्ड स्वयमले भनेजस्तै पार्टी एकताका लागि छलफल भइरहेको नेताहरुले पनि स्वीकार गर्छन् । तर बृहत छलफल पछि नै एकता हुने भएकाले अहिले नै हतार गर्नु ठिक नभएको उनीहरुको भनाई छ ।
एमाले र तत्कालीन माओवादी केन्द्रले २०७४ मा गठबन्धन गरेर प्रतिनिधि सभाको चुनाव लड्दा झण्डै दुई तिहाइ सिट जितेका थिए । त्यसपछि ३ जेठ २०७५ मा दुई दलबीच एकता भई नेकपा बनेको थियो । तर त्यो एकता धेरै लामो समय टिक्न सकेन । नेताहरुको आन्तरिक विवाद बढदै गयो । ओलीले दुई पटक संसद विघटन गरे ।
विवाद झन चर्कियो र नेताहरुबीच दुरी बढदै गयो । सोही बीच २३ फागुन २०७७ मा सर्वोच्च अदालतकोे फैसलाले एमाले र माओवादी व्यूतियो । पछि एमाले पुन विभाजन भई नेकपा (एकीकृत समाजवादी) को गठन भयो । एकीकृत समाजवादी सहित विभिन्न कम्युनिष्ट घटकका बीचमा पार्टी एकीकरण भई नेकपाको निर्माण भयो । अहिले कतिपय एमालेका नेताहरु नेकपामा र माओवादीका कतिपय नेताहरु एमालेमा मुख्य जिम्मवारी सहित सक्रिय छन् ।
सम्बन्धित समाचार
कर्मचारी प्रशासनमा ‘मनोवैज्ञानिक डोजर’
पार्टी कार्यालय सञ्चालनका लागि डेरा खोज्दै एमाले
कांग्रेसले वीरेन्द्रनगरमा प्रदेशस्तरीय भेला गर्ने
कानुन बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राखौँः सभापति लामिछाने
स्मार्ट टेलिकममा ‘स्मार्ट छलछाम’ : पूर्वसञ्चारमन्त्रीको यसरी देखिन्छ संरक्षण
प्रधानमन्त्रीको खोजीः दिनभर सदनमा साँझ सडकमा
रास्वपा महाधिवेशनः २ महिना अघि नै निर्विकल्प रवि
अन्यको गए पनि जोगियो राष्ट्रपतिका भतिजाको जागिर






