काठमाडौं । नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान विजयी भएका छन् । मंललवार राती काठमाडौँमा सम्पन्न १८ औँ साधारण सभा एवम् निर्वाचनबाट उनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । अध्यक्षका अर्का उम्मेदवार जनकदीप पराजुलीलाई हराउँदै प्रधान नयाँ अध्यक्ष बनेका हुन् ।
समाजको दुई उपाध्यक्षका सुवास प्रसाद गजुरेल र दीपक वली निर्वाचित भएका छन् भने समाजको महासचिवमा समुन्द्र भट्ट विजयी भएकी छिन् । त्यसै गरी, सचिव पदमा राजबहादुर साने र संघको सह कोषाध्यक्षमा उत्सव केसी चयन भएका छन् ।
निर्देशक समाजको कोषाध्यक्ष र कार्यसमिति सदस्य भने निर्विरोध चयन भएका थिए । जस मध्ये कोषाध्यक्ष पदमा जनक खड्का चयन भएका छन् ।
यसै गरी नेपाल चलचित्र समाजको केन्द्रीय सदस्य पदका लागि साकार पन्त, अमर दीप सापकोटा, लक्ष्मण सुवेदी, लक्ष्मण सुनार, शिव शर्मा कँडेल र हस्तबहादुर लिम्बू निर्विरोध चयन छन् । यसै गरी मुख्य सहायक निर्देशकबाट संघको केन्द्रीय सदस्यमा दीप्त प्रकाश अधिकारी र रामकुमार श्रेष्ठ चयन भएका छन् ।
सम्बन्धित समाचार
चलचित्र ‘आँखा’लाई ‘निर्देशन–क्राफ्ट’मा ‘गोल्ड अवार्ड’
महिला आयोग पुगेर नोराले पनि मागिन माफी
एकसाथ जुधे तीन नेपाली चलचित्र
चलचित्र ‘आइ एम जीत बहादुर’ शीर्ष गीत सार्वजनिक
७९ औँ कान्स फेस्टिभल सुरु, पिटरलाई ‘पाल्मे डी’ओर’ पुरस्कार
मुख्यमन्त्री विजयले प्रेमिकाको चलचित्रलाई खोले बिहानी सो
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचना रहेको गीत सार्वजनिक
‘मालती मंगले’ र ‘गुरुआमा’ चालेनन्, ‘लालीबजार’ नाफातिर






