काठमाडौ । स्वास्थ्य बिमा बोर्डले निजी (स्वास्थ्य संस्था) अस्पतालबाट प्रदान गरिने स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवा स्थगित गर्ने निर्णय गरेको छ ।
बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले सबै निजी अस्पतालमा जेठ १६ देखि लागू हुने गरी स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको जानकारी दिइन् ।
उनले बोर्डको बढ्दो वित्तीय सङ्कटलाई दृष्टिगत गर्दै अर्को निर्णय नभएसम्मका लागि बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवाबाहेक सबै स्वास्थ्य सेवा स्थगित गरिएको बताइन् ।
बोर्डका सूचना अधिकारी विकेश मल्लले बोर्डमा ३६ वटा निजी अस्पताल आबद्ध भई बीमितलाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेका थिए । उनका अनुसार बोर्डमा ५०५ स्वास्थ्य संस्थामध्ये ४४२ सरकारी र २७ सामुदायिक स्वास्थ्य संस्था बीमा बोर्डमा आबद्ध छन् ।
उनले बोर्डको सङ्कट टार्नका लागि व्ययभार तत्कालका लागि निजी स्वास्थ्य संस्थामा बीमा कार्यक्रम स्थगित गरिएको बताए ।
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाँच परिवारसम्मका लागि रु तीन हजार ५०० बराबरको योगदानका आधारमा रु एक लाखसम्मको स्वास्थ्य सेवासुविधा उपलब्ध गराइन्छ ।
यस्तै थप प्रतिसदस्य रु ७०० का दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य रु २० हजार बराबरको सेवासुविधा थपिने प्रावधान रहेको छ । स्वास्थ्य बिमा कार्यक्रममा ५९ लाख ७० हजार ४०३ बीमित रहेका छन् ।
सम्बन्धित समाचार
सहिद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो
जङ्गली भ्याकुर खाँदा एकको मृत्यु, आठ जना बिरामी
‘आरोग्य वर्ष २०२७’ को पूर्वतयारीका लागि साझा समझदारीमा जोड
१०० एसईई उत्तीर्ण विद्यार्थीलाई एनसेल फाउन्डेसनको छात्रवृत्ति घोषणा
ठाटीकाँध गाउँपालिकामा विद्यालय समायोजन लागू
नागरिकका समस्यालाई सरकारले क्रमशः सम्बोधन गर्छः शिक्षामन्त्री
विधेयकमा शिक्षा मन्त्रालयले माग्यो सुझाव
विद्यार्थीको दिवा खाजामा स्थानीय उत्पादन ‘सखरखण्ड’






