काठमाडौं । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले गत आर्थिक वर्षमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार गरेको छ ।
महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको नेपाली सेनामार्फत हवाई उद्धार गरेको हो ।
मन्त्रालयले यसका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि २०७७ समेत जारी गरेको छ । कार्यविधिका अनुसार ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी भन्नाले लगातार लामो प्रशव व्यथा (१८ घण्टाभन्दा बढी) लागि नवजात शिशु जन्मन कठिनाइ भएको, नवजात शिशुको हातखुट्टा वा शरीर पहिला निस्किएर शिशु जन्मन कठिनाइ भएको, शिशु जन्मेको ३० मिनेटसम्म सालनाल ननिस्केको, गर्भमा नै शिशुको निधन भएको, गर्भ अवस्थामा गर्भवतीको हातखुट्टा र शरीर सुन्निएको, गर्भवती अवस्थामा हुने एपिएच र प्रसूतिपश्चात्को अवस्थामा हुने पिपिएस अधिक रक्तश्राव भएको, पाठेघर फुटेको, पाठेघरभन्दा बाहिर शिशु बसेको आशंका भएकोलगायतका छन् ।
सम्बन्धित समाचार
मधेश र कोशीमा ड्रोनमार्फत् सुरक्षा निगरानी
सप्तरीमा कर्फ्यु आदेश केही खुकुलो, ११ बजेसम्म दैनिक उपभोग्य सामग्री खरिद–बिक्री गर्न पाइने
सशस्त्र प्रहरी स्कुलका भ्रष्टाचार अभियुक्तलाई थुनेरै अनुसन्धान
एमाले नेता बास्कोटाले मागे गृहमन्त्री सुधन गुरुङको राजीनामा
देवानगञ्जको स्थिति सामान्यतर्फ उन्मुख
सुर्खेतको हलकण्डरामा जिप दुर्घटना, १२ जना घाइते
मोरङमा अर्को सुचना जारी नभएसम्म ‘डिजे’ बजाउन प्रतिबन्ध
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः लामिछाने






