सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अगुवाइमा सोमबार संसद्‍मा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलको सर्वदलीय बैठक बस्दै छ ।

नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईका अनुसार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मध्याह्न १२ बजे बैठक बोलाइएको हो ।

संसद्को विकसित राजनीतिक घटनाक्रम, प्रतिपक्षी दलको साझा रणनीति र आगामी संसद् बैठकमा खेल्नुपर्ने भूमिका’bout साझा धारणा बनाउन प्रतिपक्षी दल एकै ठाउँमा बस्न लागेका हुन् ।

बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेससहित संसद्‍‍मा प्रतिपक्षको भूमिकामा रहेका अन्य दलका शीर्ष नेता एवं संसदीय दलका पदाधिकारीहरूको सहभागिता रहने बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 14 times, 1 visits today)

epaper

ताजा समाचार

विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक अवरोध गर्ने