काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको विधानअनुसार विशेष महाधिवेशन गरिएको दाबी गर्दै कानुनी प्रक्रियामा दृढतापूर्वक अघि बढ्ने बताएका छन् ।
केन्द्रीय समिति बैठकमा बोल्दै थापाले विधानको व्यवस्थाअनुसार नै विशेष महाधिवेशन गरिएको र त्यससम्बन्धी विषयमा अदालतमा समेत सत्य कुरा नै राख्ने बताए ।
‘केही दिन अगाडि सम्मानित अदालतले एउटा निर्णय गरेको छ । विधानको व्यवस्थाअनुसार विशेष महाधिवेशन गरेका हौँ । चित्त नबुझेपछि अदालत जानुभएको हो । सानका साथ अदालत जाने, सानका साथ डिफेन्स गर्ने । विशेष महाधिवेशनको हलमा सत्य, निर्वाचन आयोगमा सत्य र अदालतमा सत्य हुने कुरा फेरि असत्य हुँदैन,’ थापाले भने ।
उनले आफूलाई दबाब वा धम्की दिएर पछि हटाउन नसकिने स्पष्ट पारे । ‘तर्साएर म तर्सिन्नँ, दबाएर म दबिन्नँ । मलाई विधान थाहा छ । विधानको सीमाभन्दा बाहिर जाँदिनँ,’ थापाले भने ।
सभापति थापाले कांग्रेस चार पुस्ताको पार्टी भएको उल्लेख गर्दै आफूभन्दा बढी योगदान दिएका नेताहरूप्रति सम्मान रहेको बताए । ‘चार पुस्ताको पार्टी हो । मेरो उमेरभन्दा बढी योगदान दिने नेताहरू पार्टीमा हुनुहुन्छ । उहाँहरूलाई सम्मान छ,’ उनले भने ।
थापाले पार्टीभित्र सबैलाई मिलाएर अघि बढाउने जिम्मेवारी सभापतिको भएकाले आफूले सोहीअनुसार काम गर्ने बताए । ‘सबैलाई मिलाएर लैजाने जिम्मेवारी सभापतिको हो, मेरो हो,’ उनले भने ।
सम्बन्धित समाचार
अन्यौलमा ओली–प्रचण्ड सत्ता सहमति
थप हिंसा फैलिन नदिन प्रभावकारी भूमिका खेल्ने प्रधानमन्त्रीसमक्ष सांसदको प्रतिबद्धता
सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
पत्रकारको प्रश्नमा किन रिसाए प्रचण्ड ?
संसद् छिर्यो न्यायाधीशमाथिको ‘महाअभियोग त्रास’
राजनीतिसँगै पुनः कानुनी विवादमा कांग्रेस
आजको मौसम : केही स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना
बागमती प्रदेश सरकार गठनमा दलहरूको छलफल






