श्रीमती हत्या आरोपमा ‘नेपाली ब्रो’ भनिने कुमार थापा पक्राउ

काठमाडौँ । ‘नेपाली ब्रो’ नामले चिनिने टिकटकर कुमार थापा श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । श्रीमती ईश्वरी भुजेलको हत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार शुक्रवार बेलुका १० बजेतिर तारकेश्वर नगरपालिका वडा नम्बर-६ लोलाङ पैँयुटारमा कुमारले श्रीमती ईश्वरी भुजेललाई घरायसी विवादका कारण फलामको रडले हानेका थिए। रड प्रहारबाट गम्भीर घाइते भएकी ईश्वरीको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा मृत्यु भएको हो ।

वास्तविक नाम कुमार रहेका उनी प्रो रेस्लर खेलाडी हुन्। तर पछिल्लो समय सामाजिक सञ्जालमा उनी ‘नेपाली ब्रो’को रुपमा परिचित थिए। आरोपी थापालाई पक्राउ गरी प्रहरी वृत्त बालाजुमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

epaper

ताजा समाचार

वैदेशिक रोजगार व्यवसायीबीच चुनावी सरगर्मी सुरु