बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

कैलाली । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी गर्दै आएकी छन् ।

सात वर्षअघि दुईवटा बङ्गुरबाट सुरु गरेको व्यवसायलाई उनले अहिले सानाठूला गरी ११० वटा बङ्गुरसम्म विस्तार गर्न सफल भएकी छन् । रावलले बङ्गुरका पाठापाठीलाई ४५ दिनसम्म हुर्काएर प्रतिपाठा रु सात हजारसम्ममा बिक्री गर्छन ।

बङ्गुरका पाठापाठी बिक्रीबाट मात्रै मासिक रु एक लाख ५० हजारसम्मको कारोबार हुने गरेको उनले बताइन् । उनले सबै खर्च कटाएर मासिक रु ७० हजार बचत गर्ने गरेको सुनाइन् । बङ्गुर खोरको दैनिक हेरचाह उनका बुबा र आमाले गर्दै आएकी छन् भने बजार व्यवस्थापन र बिक्री वितरणको जिम्मेवारी आफैँले सम्हाल्दै आएकी छन् ।

बङ्गुरका पाठापाठी कैलाली–कञ्चनपुरलगायत पहाडी जिल्लामा समेत बिक्री हुने गरेका छन् । बङ्गुरपालनसँगै उहाँले ब्रोइलर कुखुरापालन व्यवसाय पनि सञ्चालन गर्दै आएको बताइन् । गाउँघरमै अवसर खोजेर मिहिनेत गर्नसके राम्रो आम्दानी गर्न सकिने अनुभव सुनाउँदै रावलले युवाहरूलाई पनि स्वदेशमै उद्यमशील बन्न आग्रह गरिन् ।

तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)

epaper

ताजा समाचार

निश्चित ब्याचबाहेक करेन्ट चाउचाउ खान योग्य रहेको यशोधा फुड्सको दाबी