पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित गर्न अनुदान कार्यक्रम सञ्चालन गरेको छ । वडा नं ४ का किसानलाई भैँसीपालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत अनुदानमा दुहुना भैँसी हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए।

बागमती प्रदेश र इच्छाकामना गाउँपालिकाको सशर्त अनुदानमा सञ्चालित कार्यक्रमअन्तर्गत निर्माण भएका गोठ तथा खरिद गरिएका दुहुना भैँसीको अनुगमन समेत गरिएको छ । गाउँपालिकाका अनुसार भैँसी प्रवर्द्धन कार्यक्रमअन्तर्गत अनुदानका लागि गोठ निर्माणका लागि २० जना र दुहुना भैँसी खरिदका लागि गर्ने ३५ जना किसानले निवेदन दिएका थिए । जसमध्ये हालसम्म २० जना किसानले दुहुना भैँसी खरिद गरिसकेका छन् । ती भैँसी गोठमै पुगी अनुगमन गर्नुका साथै भैँसी हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।

अध्यक्ष गुरुङका अनुसार ५० प्रतिशत अनुदानअन्तर्गत प्रतिकिसान अधिकतम रु ७५ हजारसम्म उपलब्ध गराइएको छ । गाउँपालिकाले भैँसी प्रवर्द्धनका लागि रु ४५ लाख विनियोजन गरेको छ ।

उनले व्यावसायिक पशुपालनमार्फत किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए। उनले वडा नं ५ मा चालु आर्थिक वर्षमा व्यावसायिक गाईपालनका लागि किसानलाई अनुदान कार्यक्रम सञ्चालन गरिएको बताए।

यसैगरी, वडा नं ६ मा बाख्रापालनका लागि व्यवस्थित खोर निर्माणका लागि अनुदान गरिएको छ । सबै वडामा किसानको मागअनुसार कृषिमा विभिन्न पकेट क्षेत्र घोषणा गरी अनुदानका कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । वडा नं ३ मा सुन्तला प्रवर्द्धन र वडा नं १ र २ मा तरकारी प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको गुरुङको भनाइ छ ।

बाख्रा र भैँसीपालन गर्दै आएका कुरिनटारकी सावित्री त्रिपाठीले गाउँपालिकाले अनुदान प्रदान गरेसँगै किसानलाई सहज भएको बताए। उनल आफूले दैनिक आठ(नौ माना दूध बेचेर आम्दानी गर्दै आइरहेको बताए।

तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)

epaper

ताजा समाचार

सूर्यदर्शन सहकारी प्रकरणः प्रतिवादीहरु कुमार रम्तेल, भविश्वर अर्याल र प्रमोद भट्टराईलाई थुनामै राख्ने आदेश