फिफा विश्वकपः मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल

न्यूयोर्क । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा पाँच पटकको विश्वविजेता ब्राजिल र मोरक्को खेल १–१ को बराबरीमा रोकिएको छ । आइतबार बिहान न्युयोर्क–न्यु जर्सी स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा ब्राजिल हारबाट जोगिन भिनिसियस जुनियरको शानदार गोलमा निर्भर रह्यो ।

सन् २०२२ विश्वकपको सेमिफाइनलिस्ट मोरक्कोले २१औँ मिनेटमा अग्रता लिएको थियो । ब्राहिम डियाजको उत्कृष्ट पासमा इस्माइल साइबारीले ब्राजिलका डिफेन्डर मार्किन्होस र गाब्रियललाई पछि पार्दै गोलरक्षक एलिसन बेकरमाथिबाट आकर्षक चिप प्रहार गर्दै गोल गरे ।

तर मोरक्कोको अग्रता धेरै समय टिकेन । ३२औँ मिनेटमा ब्राजिलका स्टार फरवार्ड भिनिसियसले व्यक्तिगत कौशल प्रदर्शन गर्दै टोलीलाई खेलमा फर्काए । विश्वकप इतिहासमा कीर्तिमानी छैटौं उपाधिको खोजीमा रहेको ब्राजिलका लागि यो नतिजाले अझै धेरै सुधार आवश्यक रहेको संकेत गरेको छ ।

प्रशिक्षक कार्लो एन्सेलोटीको नेतृत्वमा ब्राजिल पहिलो पटक विश्वकप खेलिरहेको छ । पहिलो खेलबाट दुवै टोलीले एक–एक अंक जोडेका छन् । अब ब्राजिलले आफ्नो दोस्रो खेलमा हाइटीसँग प्रतिस्पर्धा गर्नेछ भने मोरक्कोले स्कटल्यान्डको सामना गर्नेछ ।

कतार-स्विट्जरल्यान्ड १-१ को बराबरी
फिफा विश्वकप २०२६ मा एसियन कप च्याम्पियन कतारले ऐतिहासिक पहिलो अंक जोडेको छ । दोस्रो विश्वकप अनुभव लिइरहेको कतारले समूह ‘बी’को खेलमा स्विट्जरल्यान्डसँग १–१ को बराबरी खेल्यो ।

होमाम एल अमिनको क्रसलाई सदुपयोग गर्दै सेन्टरब्याक तथा कप्तान बोआलेम खुखीले हेडरमार्फत ९०+(४) मिनेटमा बललाई जाली चुमाए । गोल अनि फाइनल ह्विस्सलपछि युलियन लापोटिगेको नेतृत्वमा रहेको कतारको ‘सेलिब्रेस’ हेर्नलायक थियो ।

स्विट्जरल्यान्डले निर्धारित ९० मिनेट कतारमाथि एकतर्फी दबाब बनाएको थियो । पहिलो हाफमा मात्र स्विट्जरल्यान्डबाट ६ सट्स अन टार्गेट सम्भव भएका थिए ।

यसबीच खेलको १७औं मिनेटमा स्ट्राइकर ब्रिल एम्बोलोले पेनाल्टीमा गोलकिपर महमुद अबुनादालाई बिट गरे । यसअघि मिडफिल्डर रेमो फ्रेउलरलाई अबुनादाले फउल गरेपछि स्विट्जरल्यान्डले सेटपीस पाएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 178 times, 1 visits today)

epaper

ताजा समाचार

हाइटीविरुद्ध १-० को जित निकाल्दै स्कटल्याण्ड उक्लियो समूह ‘सी’ को शीर्ष स्थानमा