‘मिस्टर महानगर’को उपाधि सगेन्द्रलाई

काठमाडौं काठमाडौं महानगरपालिकाले यस वर्ष मिस्टर महानगरको उपाधि सगेन्द्र सिंहलाई प्रदान गरेको छ । काठमाडौँ महानगरपालिका–२२ ले आयोजना गरेको मिस्टर महानगरको दोस्रो संस्करणको उपाधि सिंहलाई प्रदान गरिएको हो ।

मिस्टर महानगर शारीरिक सुगठन प्रतियोगितामा डिभाइन फिजिकल फिटनेस सेन्टरका सिंहले ७५ किलोभन्दा माथिको तौल समूहबाट उपाधि हासिल गरेका हुन् । उनले तौल समूहको प्रतिस्पर्धामा रु एक लाख र समग्रमा प्रतिस्पर्धाबाट दोस्रो ‘मिस्टर महानगर’ को उपाधिसहित रु पाँच लाख र ट्रफी र ब्यानेट प्राप्त गरेका छन् ।

गत वर्ष सम्पन्न पहिलो प्रतियोगितामा ग्रेस महर्जनले पहिलो ‘मिस्टर महानगर’ उपाधि प्राप्त गरेका थिए । विजेतालाई काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिन् । प्रतियोगिताको समग्र प्रतिस्पर्धामा रु ५५ किलो तौल समूहबाट जिमटारका सविन चौलागाईं, ६० किलो तौल समूहबाट फिटएक्स जिमका अमृत गहतराज, ६५ किलो तौल समूहबाट फिटनेस ग्यारेज थापाथलीका नवराज डुम्ब्रे, ७० किलो तौल समूहबाट ग्यारेजकै माधव सुवेदी, ७५ किलो तौल समूहबाट नेपाल व्यायाम मन्दिरका क्षितिज थापा र ७५ किलो भन्दा माथिको तौल समूहबाट डिभाइनका रुपमा सिंहले प्रतिस्पर्धा गरेका थिए ।

महिला फिजिक्सतर्फ एनआरके फिटनेसकी सीता खत्रीले प्रथम स्थान हासिल गरिन् । उनलाई नगद रु एक लाख २५ हजारसहित पदक र सम्मान पत्र प्रदान गरिएको छ । यस वर्ष पुरुषतर्फ नौ विधामा प्रतिस्पर्धा भएको थियो । एथलेटिक्स फिजिक्सतर्फ दुई विधामा प्रतिस्पर्धा भएको थियो । महिलातर्फ एथलेटिक्स फिजिक्सअन्तर्गत प्रतिस्पर्धा गराइएको थियो ।

एथलेटिक्स फिजिक्सतर्फ पुरुष र महिला दुवै विधामा प्रथम पुरस्कार रु एक लाख २५ हजार, दोस्रोदेखि पाँचौँ स्थानसम्म क्रमशः रु ७५ हजार, रु ५० हजार, रु २५ हजार तथा रु १० हजार नगदसहित ट्रफी र मेडल प्रदान गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 64 times, 1 visits today)

epaper

ताजा समाचार

जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?