बालबालिकाले गरे जनप्रतिनिधिसँग अन्तरक्रिया

रौतहट । बाल अधिकारको लागी रौतहटको चन्द्रपुर नगरपालिकाकाका वालबालिकाहरुले जनप्रतिनिधिहरुसँग अन्तरक्रिया गरेका छन ।

चन्द्रपुर नगरस्तरीय बाल संजालका पदाधिकारी तथा बिभिन्न बिद्यालयमा अध्ययनरत बालबालिकाहरुले चन्द्रपुर नगरपालिकाका जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग अन्तरक्रिया गरेका हुन ।

जनप्रतिनिधिहरुसँगको अन्तरक्रियामा बिद्यार्थी बालिकाहरुले बिद्यालयबाट बितरण गरिने सेनिटरी प्याड गुणस्तरीय नभएको गुनासो गरेका छन ।

चन्द्रपुर—७ बनबहुअरीको कालिका माबिको कक्षा ९ मा अध्ययनरत साझना चौधरीले नगरपालिकाले बिद्यालयमा पठाएको सेनिटरी प्याड गुणस्तरहिन भएको र लगाउदा जिउ चिलाउने गरेको गुनासो गरेकी थिइन ।

यति मात्र नभइ बिद्यार्थीहरुको लागी बिद्यालयमा आएको सेनिटरी प्याड शिक्षक शिक्षिकाहरुले घर समेत लाने गरेको बिद्यार्थी चौधरीले बताइन ।
आउदो आर्थिक बर्षदेखी गुणस्तर सेनिटरी प्याड पठाउन समेत उहाले जनप्रतिनिधिहरुलाई आग्रह गरिन ।

उक्त प्रश्नको जवाफ दिनुहुदै चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बद्रीराज ढकालले नगरपालिकाले सार्वजनिक खरिद ऐन अनुसार प्रधिस्पर्धामा दररेट कायमगरी खरिद गरेको हुदा त्यस्ता किसिमको सेनिटरी प्याड आएको हुनसक्ने र आउदो आर्थिक बर्षमा गुणस्तरी प्याड खरिद गर्ने प्रतिबद्धता जनाएका छन । बिद्यालयका बालिकाहरुलाई पठाइएको सेनिटरी प्याड शिक्षक शिक्षिकाले लैजान नपाउने र त्यस्तो भेटिएमा कार्वाही गरिने समेत उनले बताएका छन ।

यसैगरी चन्द्रपुर—६ जनज्योति माबि चन्द्रनिगाहपुरमा अध्ययनरत आर्या आचार्यले बिद्यालय छेउछाउमा लागु औषध प्रयोगकर्ता भेटिने गरेको र त्यसको नियन्त्रणको लागी जनप्रतिनिधिहरुलाई आग्रह गरेकी थिइन ।

लागूऔषध प्रयोगकर्ताको कारण बालबालिका असुरक्षित भएको बिद्यार्थी आचार्यको गुनासो थियो । अचार्यको जवाफ दिदै चन्द्रपुर—४ का वार्ड अध्यक्ष रबि रानामगरले यस किसिमको समस्या तुरुन्त समाधान गर्ने प्रतिबद्धता जनाएका थिए । सोही प्रश्नको जवाफ दिनुहुदै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरिक्षक रुपेश झाले त्यस्तो किसिमको लागु औषध प्रयोगकर्ता भेटिएमा तुरुन्त प्रहरीमा खबर गर्न आग्रह गरे ।

यसैगरी बाल संजाल चन्द्रपुरकी अध्यक्ष तथा चन्द्रपुर—१० कि राधा चौधरीले जेहन्दार बिद्यार्थीको लागी उच्च शिक्षा हासिल गर्न छात्रबृतीको ब्यबस्था गर्नुपर्ने माग राखेकी थिइन ।

धेरै बालबालिका गरिबीको कारण अध्ययन गर्न नसकिरहेको बताउदै चौधरीले आउदो आर्थिक बर्षमा जेहन्दार बिद्यार्थीको लागी उच्च शिक्षा हासिल गर्न छात्रबृतीको ब्यबस्था हुनुपर्ने सुझाब दिएकी थिइन ।

उनीले बिद्यालयको अबस्था सुधारको लागी जनप्रतिनिधिहरुको अहम भुमिका हुनेहुदा अन्य क्षेत्रभन्दा अझ बढी शिक्षा क्षेत्रमा चासो दिन समेत उहाँले आग्रह गरिन ।

चौधरीले धेरै बिद्यालयमा पुस्ताकालय भएको तर पुस्तक नभएको कम्प्युटर ल्याब भएको तर शिक्षकको साथसाथै इटरनेट नभएको हुदा त्यस तर्फ जनप्रतिनिधिहरुको ध्यान जानुपर्ने सुझाब दिएकी थिइन ।

यस्तै चन्द्रपुर —१० खौराहका बाल संजालका सचिब शिवशंकर चौधरीले एक महिनाभित्र आफनो गाउमा ३ जना बालबालिकाहरुले आत्माहत्या गरेको जानकारी दिदै यस्ता घटनाहरु रोक्न जनप्रतिनिधिहरुले पहल गर्नुपर्ने बताए ।

उक्त प्रश्नको जवाफ दिनुहुदै चन्द्रपुर—१० का वार्ड अध्यक्ष टंकेश्वर चौधरीले आउदा दिनमा आफनो वार्डभित्र रहेका माबि तहका बिद्यालयमा अध्ययनगर्ने बालबालिकाहरुलाइ मनोपरार्म तालिम दिने बताएका थिए । आत्माहत्या जस्तो घटनालाई निरुसाहित गर्ने उदेश्यले कक्षा १० देखी १२ का बिद्यार्थीहरुलाई मनोपरामर्शको आवश्यकता रहेको हुदा सोको लागी आफुले पहल गरिरहेको वार्ड अध्यक्ष चौधरीको भनाइ थियो ।

यसैगरी बाल संजालका सदस्य ओम प्रकाश ठाकुरले बालबालिकाहरु घरबाट पढन भनेर बिद्यालय हिडने तर पढनको लागी बिद्यालय नजानेहरुको संख्या बढेको,चन्द्रपुर—७ कि अमिता पासवानले बिद्यालयमा राखिएको गुनासो पेटिका समयमै नखोलिने गरेको,चन्द्रपुर —१ की रुबी कुमारी साहले असाह्य बालबालिकाहरुको लागी छुटै योजना ल्याउनुपर्ने,चन्द्रपुर —५ की अम्बीका पटेलले बिद्यालयमा कम्प्युटर तथा स्मार्ट बोर्ड ल्याउनुपर्ने,चन्द्रपुर —का रबि साहले बिद्यालयमा एकजना शिक्षकले सबै बिषय पढाउने गरेको जस्ता गुनासो तथा मागहरु जनप्रतिनिधि समक्ष राखेका थिए ।

यसैबिच चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले बालबालिकाहरुले राखेको जिज्ञासाहरु एकदमै गहन र मननयोग्य रहेको बताएका छन ।

बालबालिकाहरुको जिज्ञासाको उत्तर दिदै नगर प्रमुख काफ्लेले बालमैत्री नगरपालिका बनाउनको लागी सक्दो पहल गर्ने र बालबालिकाहरुको मागलाइ आउदो बर्षको बजेटले समेत सम्बोधन गर्ने बताए । आजका बालबालिका भोलिका कर्णधार भएको बताउदै नगर प्रमुख काफ्लेले बालबालिकाहरुसँगको अन्र्तरक्रियाले धेरै कुराहरु बाहिर आएको धारणा राखेका थिए ।

उक्त अन्र्तरक्रिया कार्यक्रममा उप प्रमुख जयमाला चौधरी,प्रमुख प्रशासकिय अधिकृत बद्रीराज ढकाल,चन्द्रपुर २ का वार्ड अध्यक्ष दुत्त बहादुर थिङ,वार्ड नं. ३ का वार्ड अध्यक्ष बोधनाथ देबकोटा,वार्ड नं. ४ का वार्ड अध्यक्ष रबि राना मगर,वार्ड नं. ५ का वार्ड अध्यक्ष निलहरी कोइराला,वार्ड नं. ६ का वार्ड अध्यक्ष सहदेब केसी,वार्ड नं. ७ का वार्ड अध्यक्ष बिष्णु उप्रेती,वार्ड नं. ८ का वार्ड अध्यक्ष जितेन्द्र चौधरी,वार्ड नं. ९ का वार्ड अध्यक्ष नबराज देबकोटा,वार्ड नं. १० का वार्ड अध्यक्ष टंकेश्वर चौधरी,महिला तथा बालबालिका शाखा प्रमुख चन्द्रकला बराल,शिक्षा शाखाकी जुना तिमलसिना लगायतले बालबालिकाहरुको जिज्ञासाको उत्तर दिएका थिए ।

चन्द्रपुर नगरपालिकाको आयोजनामा मंगलबार चन्द्रनिगाहपुरमा आयोजित नगरपालिकासँग बालबालिका अन्र्तरक्रिया कार्यक्रममा बिद्यार्थी बालिकाहरुले उक्त गुनासो गरेका हुन ।

स्थानीय सरकारसँग बालबालिकाहरुको प्रत्यक्षरुपमा आफनो सवाल राख्ने उदेश्यले नगरपालिकासँग बालबालिकाको अन्र्तरक्रिया कार्यक्रम राखिएको आयोजक संस्था छोरी संस्थाकी कार्यक्रम संयोजक कोपिला तिमलसिनाले जानकारी दिएकी छिन । केएनएचको सहयोगमा चन्द्रपुर नगरपालिका र छोरी संस्थाको संयुक्त आयोजनामा चन्द्रपुर नगरपालिकामा बालबालिका हाम्रो गौरब परियोजना संचालनमा रहको कार्यक्रम संयोजक तिमलसिनाले जानकारी दिइन ।

सोही परियोजना अन्र्तरगत नगरपालिकासँग बालबालिका अन्र्तरक्रिया कार्यक्रम मार्फत बालबालिकाहरुले राखेको सवालहरुको स्थानिय सरकारले सम्बोधन गर्नु मुख्य लक्ष्य रहेको समेत तिमलसिनाले बताइन ।

कार्यक्रममा चन्द्रपुर नगरपालिकाका कार्यपालिका सदस्यहरु, बिभिन्न शाखाका शाखा प्रमुखहरु,इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरिक्षक रुपेश झा,छोरी संस्थाकी उपाध्यक्ष छाया देबकोटा,संचारकर्मी लगायतको सहभागिता र हेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 19 times, 1 visits today)

epaper

ताजा समाचार

करणी अभियोगमा संखुवासभाका पासाङ पक्राउ