काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज दक्षिणी छिमेकी मुलुक भारत र उत्तरी चीनका राजदूतसँग भेटबार्ता गर्दैछन् । यसअघि सामुहिक मात्रै भेटबार्ता गर्ने भन्दै अलग अलग छलफल अस्वीकार गर्दै आएका प्रधानमन्त्री शाहले आज भने दुई छिमेकी मुलुकका राजदूतसँग छुट्टाछुट्टै भेटबार्ता गर्न लागेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले सोमबार बिहान ११ः०० बजे नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेट गर्ने कार्यक्रम छ भने आज दिउँसो नै ३ः०० बजे नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङसँग भेट गर्ने कार्यतालिका रहेको छ ।
गत मार्च २७ मा प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका शाहले पदभार ग्रहण गरेको चार महिनापछि यी दुई देशका राजदूतहरूसँग भेट गर्न लागेका हुन् । यसअघि, अप्रिल ८ मा प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता भने गरेका थिए।
सम्बन्धित समाचार
सुनसरीको परिस्थिति नियन्त्रणमा लिन सुरक्षा प्रमुखहरूलाई प्रधानमन्त्री शाहको निर्देशन
सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री
कोशीका मुख्यमन्त्री हिक्मत हटाउने जिम्मा शेरधनलाई, मागे राजिनामा
मृतक मेहताका परिवारसँग गृहमन्त्रीको संवाद सकारात्मक, शव परीक्षणका लागि तयार
नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदवारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किँदै
प्रतिनिधिसभा बैठकमा ४ विधेयक प्रस्तुत हुने, आजै ३ संसदीय समितिको पनि बैठक
देउवा फर्किनेवारे प्रहरीले भन्योः ‘हामी हेर्दैछौं’






