राजधानी समाचारदाता काठमाडौं जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेविरुद्ध लगाइएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ।
न्यायाधीश आत्मदेव जोशीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम लामिछानेसहितका प्रतिवादीमाथिको सङ्गठित अपराधको अभियोग हटाउन आदेश दिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले सुमन खनाललगायतको जाहेरीका आधारमा सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा अभियोगपत्र संशोधनका लागि निवेदन दायर गरेको थियो।
अदालतले उक्त निवेदन स्वीकार गर्दै सङ्गठित अपराधको अभियोग हटाएको भए पनि लामिछानेविरुद्धको सहकारी ठगीसम्बन्धी अभियोग भने यथावत् राखेको छ।
तपाइको प्रतिक्रिया
(Visited 52 times, 1 visits today)






