काठमाडौं । पानीमा डुबेर शनिबार ४ बालबालिकासहित ५ जनाको मृत्यु भएको छ । सुर्खेत, दैलेख र बारामा ४ बालिकासहित ५ जनाको पानीमा डुबेर मृत्यु भएको हो । सुर्खेतको बीरेन्द्रनगर नगरपालिकामा २ जना बाराको कलैया नगरपालिकामा २ जना र दैलेखको गुराँस गाउँपालिकामा एकजनाको मृत्यु भएको छ ।
सुर्खेतस्थित जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर नगरपालिका–१० की १४ वर्षीया सम्झना थापा र १२ वर्षीया कल्पना राउतको शनिबार साँझ टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
कलैया उपमहानगरपालिका-६ पर्सा टोलकी ६ वर्षीया सृजनाकुमारी मण्डल र सोही ठाउँकी पाँच वर्षीया अञ्जलीकुमारी मण्डल रहेका छन् । स्थानीय दिपेन्द्र साहको हाँस पाल्ने पोखरीमा नुहाउन गएका दुवै बालिका डुबेका थिए ।
यसैगरी, दैलेखको गुराँस गाउँपालिकाका १८ वर्षीय रमेश पुनको शनिबार नै दहतातलमा डुबेर मृत्यु भएको छ ।
सम्बन्धित समाचार
पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने
टेम्पो भीरबाट खसाल्ने १२ वन कर्मचारी प्रहरी नियन्त्रणमा
सरकार फेरिएपिच्छे चेपुवामा प्रशासकीय अधिकृत
राष्ट्रपतिद्वारा मच्छिन्द्रनाथको भोटो अवलोकन (फोटोफिचर)
विदेश पठाउन ‘काउन्टर सेटिङ’ गरेको आरोपमा दुई जना पक्राउ
वीरगञ्जका मेयर सिंहविरुद्ध भ्रष्टाचार मुद्दा
प्रतिनिधिसभा बैठक स्थगित
तोलामा १० हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य आज






