रास्वपा महाधिवेशनमा आफैँ जाने भए गगन थापा

काठमाडौं । आजदेखि चितवनमा शुरू हुने सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट स्वयं सभापति गगन थापा नै शुभकामना दिन जाने भएका छन् ।

यसअघि उपसभापति डा. पुष्पा भुसाल जाने तय भनिएको उक्त महाधिवेशनमा शुभकामना दिन सभापति थापा आफैँ जाने भएको उनका सचिवालय प्रमुख शंकर कुइँकेलले बताए ।

अन्य दलले तल्लो वरीयताका नेता पठाउने भएपछि आफू जाने कि नजाने भन्नेमा थापा अन्यौलमा थिए । तर, संसदको सबैभन्दा ठूलो दलको महाधिवेशनलाई नजरअन्दाज गर्न नहुने भन्दै सभापति थापा आफैँ जान लागेको कांग्रेस स्रोतले जनाएको छ ।

उक्त महाधिवेशनलाई शुभकामना दिन एमालेले पूर्वउपहासचिव प्रदीप ज्ञवाली र नेकपाले सचिवालय सदस्य वर्षमान पुनलाई पठाउने भएको छ । कांग्रेस सभापति थापाले सामाजिक सन्जालमा शुभकामना लेखेर शुभकामना दिइसकेका थिए ।

महाधिवेशनलाई शुभकामना दिन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पुगिसकेका छन् । श्रम संस्कृति पार्टीले हालसम्म को पठाउने भन्ने’bout केही उल्लेख गरेको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 77 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपा प्रथम महाधिवेशन सुरू