ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो जात्रा शनिबार अपरान्ह अवलोकन गरेका छन् । ललितपुरको जावलाखेलमा आयोजित भोटोजात्रामा सरिक भई उनले प्रथम महिला सबिता पौडेलसहित सो जात्रा अवलोकन गरेका हुन् ।
मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाउने परम्परा छ । सो अवसरमा गुठी संस्थानका कर्मचारीले सो भोटो देखाएका थिए भने राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथसँगै जीवित देवी कुमारीको दर्शन पनि गरेका थिए ।
मच्छिन्द्रनाथलाई अन्नदाता, पानी पार्ने देवता, अनिष्ट र अनिकाललाई सामना गर्ने देवताका रुपमा मानिन्छ । त्यसो हुँदा यसको सांस्कृतिक, धार्मिक र ऐतिहासिक महत्व रहिआएको छ । कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश मनोज शर्मा राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थति रहेको थियो।






सम्बन्धित समाचार
पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने
टेम्पो भीरबाट खसाल्ने १२ वन कर्मचारी प्रहरी नियन्त्रणमा
सरकार फेरिएपिच्छे चेपुवामा प्रशासकीय अधिकृत
भीषण वर्षापछि आएको बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध
‘नेपाली ब्रो’द्वारा श्रीमती हत्या प्रकरणमा थप तीन जना पक्राउ
प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री टसमस नभएपछि पछि हटे विपक्षी






