बैतडीमा २ दिनमा १७० जनाको आरडिटी पोजेटिभ

बैतडी । बैतडीमा गएको २ दिनमा १७० जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट आरडिटी रिपोर्ट पोजेटिभ आएको छ । भारतबाट फर्किएर जिल्लाका विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा बसेका नागरिकमध्ये १७० जनाका आरडिटी रिपोर्ट पोजेटिभ आएको हो ।

बुधवारदेखि सुरु गरिएको आरडिटीमा हालसम्म सबैभन्दा बढी शिवनाथ गाउँपालिका १ सय जनामा पोजेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । यस्तै मेलौली नगरपालिकामा २९, पञ्चेश्वर गाउँपालिकामा १८, दोगडाकेदार गाउँपालिकामा ८, दशरथचन्द नगरपालिकामा ७, पुर्चौडी नगरपालिकामा ३ र डिलाशैनी गाउँपालिकामा १ जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको हो ।

आरडिटी पोजेटिभ आएकामध्ये सुर्नया र डिलाशैनीका नागरिकको पिसिआर परिक्षणका लागि धनगढी प्रयोगशाला पठाइसकिएको उनले बताए । अन्य स्थानीय तहहरुमा आरडिटी पोजेटिभ आएका व्यक्तीको पनि थ्रोट स्वाबको नमूना संकलनको काम भइरहेकोले छिट्टै एक दुई दिनभित्रै पिसिआर परिक्षणका लागि पठाइने प्रमुख भट्टले बताए ।

आरडिटी पोजेटिभ आएकाहरुलाई सम्वन्धित स्थानीय तहमै अलग्गै आइसोलेसन स्थापना गरी राखिएको छ । पिसिआर परिक्षणपश्चातमात्रै ती व्यक्तीहरुमा कोरोना भए नभएको थाहा हुने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । बैतडीमा हाल भारतबाट आएका ५ हजार ६ सय बढी नागरिक क्वारेन्टाइनमा बसिरहेका छन् । क्वारेन्टाइनमा १४ दिन पुगेका नागरिकको आरडिटी परिक्षण नेगेटिभ आएपश्चात घर पठाउन थालिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 219 times, 1 visits today)

epaper

ताजा समाचार

विद्युत् महसुललाई समायनुकूल बनाउने प्राधिकरणको तयारी