काठमाडौं । नेपाली चलचित्र डिजिटल युगमा प्रवेश गरेसँगै यसले अन्तर्राष्ट्रिय बजारमा व्यावसायिक स्थान बनाउँदै आएको छ । सम्बन्धित चलचित्रलाई नेपालका डिजिटल सर्भरबाट विश्वका डिजिटल चलचित्र घरमा रिलिज गर्न सहज भएपछि नेपाली चलचित्रले अन्तर्राष्ट्रिय बजार लिएको हो । सोही कारण नेपालसँगै नेपाली चलचित्र अहिले दक्षिण एसिया, मध्य पूर्वी एसिया, युरोप, अस्ट्रेलिया, संयुक्त राज्य अमेरिकाका चलचित्र घरमा एकसाथ रिलिज हुने गरेका छन् ।
यसै वर्ष व्यावसायिक रूपमा सफल भएको नेपाली चलचित्र ‘लाली बजार’, ‘परालको आगो’सँगै ‘मालती मंगले’ अहिले विदेशमा प्रदर्शन भइरहेको छ । तर यो चलचित्रले विदेशमा कमाएको पैसा नेपाल भित्राउन चलचित्र सम्बन्धी कानुनमा अहिले व्यवस्था छैन ।
यसरी नेपाली चलचित्रले अन्तर्राष्ट्रिय बजारमा कानुनी रूपमा व्यवसाय गर्न थाले पनि अहिले बनिरहेको चलचित्र विधेयकमा यसको व्यवस्था नहुँदा आफूहरूलाई अप्ठेरो पर्दै आएको चलचित्र निर्माताहरुले बताएका छन् ।
हुन त ‘चलचित्र विधेयक २०८२’ यति बेला प्रतिनिधि सभामा छलफलको क्रममा छ । यो विधेयकलाई चलचित्रकर्मीहरूले नेपाली चलचित्रको भविष्यको रूपमा लिएका छन् । त्यसैले अब प्रतिनिधि सभाबाट पारित हुने विधेयकमा चलचित्र सम्बन्धी सबै प्रकारका समस्याहरूलाई कानुनी रूपमा सम्बोधन गरिनु पर्ने चलचित्रकर्मीहरूको भनाई छ ।
नेपाल चलचित्र निर्माता संघका अध्यक्ष उदय सुब्बा अहिले संसदमा रहेको विधेयकमा आफूहरूले केही बुँदाहरू थप्नको लागि सम्बन्धित निकायलाई सुझाव दिएको बताउँछन् । निर्माता एवम् निर्देशक समेत रहेको अध्यक्ष उदयको भनाइमा पछिल्लो केही वर्ष यताबाट नेपाली चलचित्र अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरण हुन थालेको छ । तर आफूले निर्माण गरेर विदेशमा बिक्री गरेको चलचित्रको पैसा नेपालमा भित्राउन सजिलो नभएको उनको कथन छ ।
अध्यक्ष सुब्बाका अनुसार नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरण गर्न अहिलेको ऐनले अधिकार दिएको छ । तर यसरी विक्री वितरण गरिएको चलचित्रको आम्दानी नेपाल भित्राउन कानुनी प्रावधान नरहेका कारण निर्माताहरू मारमा रहेको उनको कथन छ । चलचित्र विक्रीको रकम अन्य व्यक्तिको रेमिटेन्स तथा अन्य शीर्षकमा नेपालमा ल्याउने गरिएको छ । कानुनको अभावका कारण कतिपयले आफ्नो चलचित्रले विदेशमा गरेको व्यापारको रकम हुन्डी तथा अन्य माध्यमबाट समेत नेपाल भित्राउनु पर्ने वाध्येता अझै रहेको पनि उनले बताएका छन् ।
निर्माता संघका अध्यक्ष उदय सुब्बाका अनुसार नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा वितरण गर्ने कतिपय वितरकहरूको कार्यालय नेपालमा रहेका छन् । उनीहरूले विदेशको लागि नेपालमै चलचित्र किनेर यहीँ भुक्तानी दिने गरेका छन् । तर नेपालमा एजेन्ट नरहेको र विदेशबाटै नेपाली चलचित्र खरिद एवम् प्रतिसतमा लिएर प्रदर्शन गर्ने वितरकहरूलाई पनि ठुलो मात्रामा पैसा पठाउन गाह्रो हुने गरेको छ । अमेरिकालगायत कतिपय देशबाट ठुलो रकम अर्को देशमा पठाउन सहज नभएका कारण सम्बन्धित वितरकहरूले हुन्डीको सहारा लिनु पर्ने बाध्यता रहेको पनि अध्यक्ष सुब्बाले बताएका छन् । चलचित्र प्रदर्शन गरे बापतको रकमसँगै कतिपय चलचित्रमा विदेशबाट लगानी आउने हुँदा त्यो लगानीको रकम पनि नेपालमा भित्राउन अहिले आफूहरूलाई असहज भएको पनि उनले बताएका छन् । यस’bout उनले भने,‘हामीले विदेशमा नेपाली चलचित्र प्रदर्शन गरेर त्यहाँ कर पनि तिर्छौँ । तर त्यो हाम्रो बास्तविक कमाई नेपाल भित्राउन अहिलेको कानूनीले नदिएका कारण चोरबाटो अपनाउनु परेको हो ।’
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी पनि यो समस्या प्रति बोर्ड गम्भीर रहेको बताउँछन् । तीन दिन अघि राष्ट्रिय चलचित्र पुरस्कार प्रदान समारोहलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष डिसीले भने,‘अहिले विदेशबाट कसैले नेपाली चलचित्रमा पैसा हाल्न चाह्यो भने हाल्न सक्दैन, उसले चोर बाटोबाट हाल्नु पर्छ । अहिले हामीले विदेशमा नेपाली चलचित्र देखाएर कमाएको पैसा पनि चोर बाटो बाटै ल्याउनु पर्छ’,बोर्ड अध्यक्ष डिसीले यो समस्या’bout भने,‘विदेशमा रहेकाहरूले नेपाली चलचित्रमा लगानी गर्न र विदेशमा प्रदर्शन भएका नेपाली चलचित्रको पैसा नेपाल भित्राउन अहिले कानुनी बाटो छैन । यसको कानुनी बाटो खोल्नका लागि हामीले प्रयास गरिरहेका छौँ ।’
करोडबाट अरबको बजारमा प्रवेश गरिसकेको नेपाली चलचित्रको आर्थिक आम्दानीको स्रोत विदेशी बजार पनि रहेको बोर्ड अध्यक्ष डिसीले बताएका छन् । आफूले चलचित्र प्रदर्शन गरेर विदेशमा कमाएको पैसा चोर बाटोबाट ल्याउनु पर्ने बाध्यता निर्माताहरुले सुनाएपछि त्यसलाई चलचित्र विकास बोर्डले गम्भीर रूपमा लिएको अध्यक्ष डिसीले बताएका छन् । यस’bout उनले भने,‘ यो समस्या’bout मन्त्रीज्यूसँग हामीले गम्भीर छलफल गरेर अब चाँडै पारित हुने विधेयकमा विदेशमा नेपाली चलचित्र प्रदर्शनबापतको रकम र विदेशबाट लगानी कानुनी रूपमा भित्राउन ऐनमै व्यवस्थाको माग गरेको छौँ । यो कुरा अब बन्ने राष्ट्रिय चलचित्र ऐनमा समेट्ने कुरामा सबैको समर्थन रहेको छ ।’
विदेशमा रहेका नेपाली तथा विदेशीको नेपाली चलचित्रमा लगानी तथा विदेशमा नेपाली चलचित्र प्रदर्शनको आम्दानी कानुनी रूपमा नेपाल भित्राउँदा राज्यलाई सम्बन्धित रकमको कर बुझाउन पनि आफूहरूलाई सजिलो हुने भनाई चलचित्र निर्माताहरूको छ । आफ्नो चलचित्रबाट आफैँले विदेशमा कमाएको पैसा अवैध रूपमा ल्याउनु पर्ने बाध्येताको अन्त्य अब बन्ने विधेयकले गर्ने विश्वास सम्बन्धित चलचित्रका निर्माताहरूको छ ।
सम्बन्धित समाचार
‘टोलटोलमा फिल्म महोत्सव’ गर्दै काठमाडौँ महानगर
काठमाडौंमा हिमालयन रिम फिल्म प्रदर्शनी सुरु
‘मुटु फलाम भएर’ कविता कृति लोकार्पण
अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
आफ्नै चलचित्रको टिकट किनेर दर्शक खोज्न बाध्य निर्माता
क्रिटिक्स अवार्ड विजेतामा हरिवंशदेखि मीन भामसम्म
‘हली’ टिजरमा महिनावारी पीडा
वृद्ध किसानका दुःख सातामा सातैदिन बाँदरको चौकीदारी






