मौलापुरमा ‘नगर मास्टर’ र ‘नगर डाक्टर’ कार्यक्रमलाई निरन्तरता

रौतहट । रौतहटको मौलापुर नगरपालिकाले दशौं बजेट अधिवेशनको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा महत्वपूर्ण योजनालाई निरन्तरता दिएको छ । झण्डै ४२ करोड ३० लाख रुपैयाको प्रस्तुत बजेट वक्तव्यमा मौलापुर नगरपालिकाका मेयर रिना कुमारी साहले विगतदेखी महत्व दिदै राखिएका योजनालाई यस बजेटमा पनि निरन्तरता दिएकी छन् ।

मौलापुर नगरपालिकामा बुधबार प्रस्तुत आ।व। २०८३/०८४ को बजेटमा नगरपालिकाले ‘नगर मास्टर’ र ‘नगर डाक्टर’लाई निरन्तरता दिनुका साथै नगरबासीलाई ‘निशुल्क बिजुली’, ‘निशुल्क पानी’ तथा छोरीसंग मेयर कार्यक्रम’लाई पनि निरन्तरता दिएको छ ।

दलित समुदायका लागि नमूना एकीकृत दलित बस्ती निर्माण तथा ‘कच्ची सडक मुक्त नगर’ सहित आधुनिक पूर्वाधार विकासको घोषणाले समग्र रौतहटको मात्रै नभई मधेश र नेपालकै गौरव बढाएको छ । विशेष समारोहका बीचमा सम्पन्न बजेट अधिवेशनबाट मौलापुर नगरबासीले विगत बर्षौदेखी पाउँदै आएको विभिन्न सेवा सुविधा निरन्तर पाउँने भएका छन् ।

चालु आवको विकास कार्यक्रमकोे समिक्षा गर्दा मौलापुर नगरपालिकाले अगाडी बढाएको नगर गौरवका आयोजनाहरु गुणस्तरीय शिक्षा, सेनरिनया एकीकृत दलित बस्ती, पिकनिक पार्क, मोडेल प्राविधिक शिक्षालय जस्ता आयोजना सफल भएको छ । यसैगरी नगरपालिकाद्धारा संचालित कायृक्रमहरु धुवा मुक्त अभियान, कच्ची सडक मुक्त नगर, हर हातमे हुनर, निशुल्क बिजुली, निशुल्क पानी, बेटीके साथ मेयर, साक्षरता अभियान, झोपडी मुक्त नगर जस्ता अभियानहरुले नगरको गौरब बढाएको छ ।

‘शासक होइन, सेवकको मान्यतालाई आत्मसात गर्दै नगर प्रहरीको साट्टा नगर शिक्षक र नगर चिकित्सकको व्यवस्था गरेर जनताको वास्तविक सेवक व्यवहारतह स्थापित गरेका छौं,’ मौलापुरका मेयर रिना साहले भनिन्, ‘जनतामाथि बोझ होइन, जनताको सहारा हौं भन्ने मन्त्र अनुरुप जनताबाट कुनै किसिमको शुल्क, महशुल्क, कर र राजश्व नलिने ‘शुन्य कर’ नीति अवलम्बन गरेका छौं । जनताबाट नलिने र जनतालाई दिने कुशल अभिभावकको दायित्व पुरा गर्दै जनताले तीर्नुपर्ने पानी बिजुलीको सम्पूर्ण महसुल नगरपालिकाले व्यहोर्दै आएको छ । साथै छोरीहरुको विहेमा जनही ३० हजारको दरले आर्थिक सहयोग गरी अभिभावकीय भूमिका निर्वाह गरेका छौं ।’

संघीय र प्रदेश सरकारले मौलापुर नगरपालिकामा असाध्यै न्यून बजेट बिनियोजन गरी आफ्नो दायित्वबाट विमुख भएको भन्दै नगरपालिकाले थप दबाबमा पर्दै आएको छ । विद्यार्थीको अनुपातमा बिषयगत र तहगत शिक्षक दरबन्दी श्रृजना तथा पुर्ति, चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्थापन, खानेपानी, महत्वपूर्ण सडक, सिंचाई, तटबन्ध लगायतका पूर्वाधार निर्माण कार्यहरु संघ सरकारले गर्नुपर्नेमा संस सरकार आफ्रनो दायित्व पुरा नगर्दा मौलापुर नगरपालिकाले थप नगर सहयोगी शिक्षक, चिकित्सक, र स्वास्थ्यकर्मी व्यवस्थापन र पुर्वाधार क्षेत्रमा लगानी गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

मौलापुरमा ‘नगर मास्टर’ र ‘नगर डाक्टर’ कार्यक्रमलाई निरन्तरता