असार १५ मा टोखामा रोपाइँ महोत्सव (फोटोफिचर)

काठमाडौं । टोखा नगरपालिकाले २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३ आयोजना गरेको छ। ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासहित सोमबार दिउँसो टोखा महोत्सव आयोजना गरिएको हो।

कृषि विकास शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा सामूहिक धान रोपाइँ, आधुनिक कृषि प्रविधिको प्रवर्द्धन तथा धान उत्पादनमा आत्मनिर्भरता अभिवृद्धिसम्बन्धी विभिन्न गतिविधि सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।

कार्यक्रममार्फत जलवायु अनुकूल कृषि प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्दै धान उत्पादन वृद्धि, कृषकलाई आधुनिक खेतीतर्फ आकर्षित गर्ने तथा कृषि क्षेत्रको दिगो विकासमा टेवा पुर्‍याउने उद्देश्य राखिएको जनाइएको छ। तस्बिरः सुर्याम्स उप्रेती / नेपाल फोटो लाइब्रेरी

तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)

epaper

ताजा समाचार

बजेट कार्यान्वयनसँगै कृषि र युवालक्षित कार्यक्रम ल्याउन माग