बुटवल । शैक्षिक परामर्श दिने संस्था युनिगाइडले युवा क्रिकेटर तिलकराज भण्डारी र आदिल खानलाई आफ्नो ब्रान्ड एम्बेस्डर घोषणा गरेको छ।
रुपन्देहीको बुटवलमा आयोजित कार्यक्रममा शैक्षिक परामर्श संस्था युनिगाइडले युवा क्रिकेटर तिलकराज भण्डारी र आदिल खानलाई एक वर्षका लागि आफ्नो ब्रान्ड एम्बेस्डर घोषणा गरेको हो । सम्झौतामा युनिगाइडका सिईओ गणेश दाहाल, प्रबन्ध निर्देशक ऋषि खनाल तथा दुवै क्रिकेटरले हस्ताक्षर गरेका हुन्।
कार्यक्रममा युनिगाइडले क्रिकेट क्षेत्रको विकासमा निजी क्षेत्रको योगदान बढाउने उद्देश्यले खेलाडीलाई प्रोत्साहन गरिएको जनाएको छ। क्रिकेटरद्वयले युनिगाइडसँग सहकार्य गर्दै नेपाली क्रिकेटको विकासमा योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)
सम्बन्धित समाचार
निको कप महिला टि-ट्वान्टी क्रिकेटः लुम्बिनीलाई पराजित गर्दै कोशी विजयी
एनपीएलको अक्सन मिति घोषणा
पीएल सिंह टी–२० क्रिकेटः पोखरा र वीरगञ्ज विजयी
निको कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेटः एपिएफ र कोशी भिड्दै
विश्वकप फुटबलः अल्जेरियालाई पराजित गर्दै स्विट्जरल्याण्ड अन्तिम १६ मा
चौथो सिद्ध कप पुरुष भलिबल प्रतियोगिता ‘बेनिकोटमा’
कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने
‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा






