रसुवा । भोटेकोशी बाढीपछि बेपत्ताको खोजी भइरहेको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको सुरूङबाट हिजो शुक्रबार थप सात जनाको शव निकालिएको छ ।
उद्धार तथा खोजीमा खटिएको टोलीले सुरूङभित्र खोजी गर्ने क्रममा ती शव फेला पारेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले जनाएको छ ।
इप्पानका अनुसार तालिमप्राप्त खोजी कुकुरले बिहीबार साँझ नै सुरूङभित्र शव रहेको संकेत गरेको थियो । त्यसपछि उद्धार टोलीले शुक्रबार सोही क्षेत्रमा केन्द्रित भएर खोजी गर्दा ७ जनाको शव भेटिएको हो । यससँगै आयोजनाको सुरूङबाट विभिन्न चरणमा फेला पारिएको शवको संख्या १८ पुगेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
सरकारी राजपत्रः ५ जिल्लाका १५ स्थानीय तह ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा
चार दिनपछि धादिङबेँसीसँगको सडक सम्पर्क पुनः स्थापित
११ जलविद्युत् आयोजनाका ८९८ अझै सम्पर्कविहीन
रसुवा बाढी पीडितलाई सिन्धुली कारागारका कैदीबन्दीको सहयोग
बेलीब्रिज र फरेन्सिक टोलीसहित चीनको तेस्रो खेप सहयोग
रिची नाकामा सहायता सामग्री हस्तान्तरण
वरिष्ठ सञ्चारकर्मी कुमार यात्रु सम्मानित, पौरखी नेपालको नयाँ अध्यक्षमा सिन्धु
भोटेकोशी बाढीपीडितका लागि युरोपको ट्रिप इन होटल समूहले दियो ५१ लाख रुपैयाँ





