काठमाडौं । सरकारले विदेशबाट नेपाल आउने नेपालीलाई अपरिचित व्यक्ति, दलाल वा अन्य व्यक्तिको प्रलोभनमा परी सुन, बहुमूल्य धातु तथा अन्य सामान नेपाल नल्याउन विशेष आग्रह गरेको छ ।
नेपाल प्रहरी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विशेष अनुरोध जारी गर्दै विगत केही दिन यता दुबइ, कतारलगायत मुलुकमा काम गरी स्वदेश फर्कने केही नेपालीलाई अपरिचित व्यक्ति, दलाल तथा अन्यले आर्थिक प्रलोभनमा पारेर सुनका बिस्कुट, बहुमूल्य धातु तथा अन्य सामान नेपाल पठाउने गरेका बताइको छ ।
सो कार्यालयले यस्ता कार्य कानुनविपरीत हुने तथा यस सम्बन्धमा विमानस्थल सुरक्षा कार्यालयले अनुसन्धान तथा कानुनी कारबाही गरिरहेको जनाउँदै अवैध ओसारपसारमा संलग्न भएमा कारबाही हुने चेतावनी दिएको छ ।
कार्यालयले अपरिचित व्यक्ति, दलाल वा अन्य कसैको प्रलोभनमा परी सुन, बहुमूल्य धातु वा अन्य सामान नेपाल नल्याउन, आफ्नो सामान तथा झोलामा भएका वस्तुको वास्तविक विवरणको जानकारी राख्न, खरिद बिल तथा आवश्यक कागजात सुरक्षित राख्न, भन्सारसम्बन्धी प्रचलित कानुनको पालना गर्न तथा दलालको प्रलोभनबाट टाढा रहन आग्रह गरेको छ ।
साथै, विमानस्थलमा कुनै शंकास्पद गतिविधि वा प्रलोभनसँग सम्बन्धित सुरक्षा जोखिम देखिए तत्काल सुरक्षा निकायलाई जानकारी गराउन पनि कार्यालयले अनुरोध गरेको छ ।
सम्बन्धित समाचार
वर्षासँगै बाढीपहिरो जाँदा अवरुद्ध छन् यी ८ सडक
पहिरोले आठ सडक प्रभावित
नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै
सरकारी खर्च नियन्त्रणमा महालेखा कठोर
कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त
ब्रड पिकमा भेटियो तीनवटा ट्र्याकिङ उपकरण
ब्रोड पिक हिमाल आरोहणमा गएका पुर्जासहित सबै १० जना आरोहीको निधन






