काठमाडौं । नेपालमा तीन देशका १० हजारभन्दा बढी शरणार्थी रहेको नेपाल प्रहरीले जनाएको छ। शरणार्थीलाई लिएर सामाजिक सञ्जालमा भ्रामक टिकाटिप्पणी हुन थालेपछि प्रहरीले तथ्यांक सार्वजनिक गरेको हो। प्रहरीका अनुसार, भुटानी, तिब्बती र रोहिंगा शरणार्थी रहेका छन्।
प्रहरीका अनुसार, सबैभन्दा बढी भुटानी शरणार्थी छन्। नेपालमा ६ हजार २७२ भुटानी शरणार्थी रहेको प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए।
त्यस्तै, तिब्बती शरणार्थी तीन हजार ५२७ जना रहेका छन्। यसैगरी, रोहिंगा शरणार्थी ५२७ जना रहेको प्रवक्ता काफ्लेले बताए। नेपालमा रहेका रोहिंगा शरणार्थीमध्ये ३६४ महिला र १६२ पुरुष रहेको उनले जानकारी दिए। उनीहरूमध्ये २१६ बालबालिका रहेका छन्।
प्रहरीका अनुसार, रोहिंगा शरणार्थी काठमाडौंको कपन, लसुनटार, राम मन्दिर, लुभु र सुनकोठीमा बस्दै आएका छन्।
तपाइको प्रतिक्रिया
(Visited 57 times, 1 visits today)
सम्बन्धित समाचार
चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा
खैरो हेरोइनसहित चार जना पक्राउ
कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै
आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सारिँदै
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए पदबाट राजीनामा
काँकडभिट्टा–लौकही सडक विस्तारले गति लियो
सरकारको निर्णयविरुद्ध म्यानपावर व्यवसायी, अनिश्चितकालीन आन्दोलनको चेतावनी






