ग्यासको कालोबजारी रोक्न खटाइयो प्रहरी

काठमाडौं । खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार अनुगमन तीव्र पारिएको छ ।

भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा एकाएक कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको भन्दै उद्योग मन्त्रालयमा लगातार गुनासो तथा सूचना प्राप्त भएपछि अनुगमन कडाइ गरिएको बताइएको छ ।

उद्योग मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीले बजार अनुगमनलाई प्रभावकारी बनाएसँगै आपूर्तिमा क्रमशः सहजता आउन थालेको जानकारी दिए ।

ग्यासको आपूर्ति सहज हुँदाहुँदै पनि कृत्रिम अभाव देखाएर उपभोक्तालाई समस्यामा पार्ने तथा महँगो मूल्यमा बिक्री गर्ने गतिविधि नियन्त्रण गर्न उद्योगमन्त्री गौरीकुमारी यादवले गृहमन्त्री सुधन गुरुङसँग अनुगमनका लागि काठमाडौं उपत्यकाका डिपोहरूमा सुरक्षाकर्मी परिचालन गर्न आग्रह गरेकी थिइन् ।

मन्त्री यादवको आग्रहपछि गृहमन्त्री गुरुङले प्रहरी प्रशासनलाई आवश्यक समन्वय र सहजीकरणका लागि निर्देशन दिएको सचिवालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 24 times, 1 visits today)

epaper

ताजा समाचार

७६ वर्षीया वृद्धा आफ्नै घरभित्र मृत फेला