संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै

काठमाडौं । सङ्घीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ । बैठक बिहान सवा ११ बजे सिंहदरबारस्थित अर्थ समितिको सभाकक्षमा बस्नेछ ।

बैठकमा प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित मानबहादुर कार्कीविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल गर्ने कार्यक्रम छ । त्यसपछि प्रमुख आयुक्तमा प्रस्तावित कार्कीलाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाइ गरिनेछ ।

समितिले मङ्गलबार आयोगको आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्ले र डा। राजीव सुब्बालाई आमन्त्रण गरी सुनुवाइ गरेको थियो । गत असार १९ गते बसेको संवैधानिक परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्की र आयुक्तहरुमा वाग्ले र सुब्बाको नाम सिफारिश गरेको थियो ।

यसैगरी, आज सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा ‘आर्थिक वर्ष २०८३–८४ को वार्षिक कार्ययोजनाका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)

epaper

ताजा समाचार

यस्तो बेलामा पनि प्रधानमन्त्री ठालू भएको बस्ने हो भन्दै सभापति थापाको प्रश्न