काठमाडौं । हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा तीज गीतको रौनक बढेको छ। यसै क्रममा गायिका संगीता भण्डारी २२ वर्षपछि तीज गीतमार्फत नेपाली सांगीतिक क्षेत्रमा पुनः फर्किएकी छन्।
लोकप्रिय गीतकार डीपी खनालको शब्द, चर्चित संगीतकार शंकर थापा ‘स्माइल’को संगीत तथा विषम आचार्यको एरेन्जमा तयार भएको मौलिक तीज गीत ‘रानीहार’ शुक्रबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो।
गीतले सुनका गरगहना नभए पनि खुसी, उमंग र आत्मीयताका साथ तीज मनाउन सकिने सकारात्मक सन्देश दिएको छ। गीतको भिडियोमा यशु भट्टराई, मिलसा वाग्ले र गायिका भण्डारीको अभिनय तथा नृत्य रहेको छ।
विशाल थापाको छायांकन र दीपक बिष्टको सम्पादन रहेको भिडियोको निर्देशन तथा कोरियोग्राफी केशव राज भट्टले गरेका हुन्। गीत डश म्युजिक नेपालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
गायिका भण्डारीले इच्छा, आत्मविश्वास र प्रतिभा प्रस्तुत गर्न उमेर बाधक नहुने सन्देशसहित आफू पुनः गायनमा फर्किएको बताइन्।
सम्बन्धित समाचार
अभिनेत्री शिल्पा सेट्ठी काठमाडौंमा
बलिउड अभिनेत्री शिल्पा शेट्टीले गरिन् पशुपतिनाथको दर्शन
कियारा अभिनित टक्सिकको पोस्टर रुचाए दर्शकले
‘गौंथली’ बन्यो सर्वाधिक कमाउने १२औं फिल्म
गायक थानेश्वरको स्वरमा आयो ‘लज्जावती’ को मर्मस्पर्शी गीत
ऐतिहासिक फिल्म ‘आमा’ को विशेष प्रदर्शन
कवि ईश्वर थोकरको १०औँ कृति ‘अमृत्यश्वरी’ सार्वजनिक
‘रोड टु एभरेस्ट’ वृत्तचित्रको फर्स्ट लुक पोस्टर र अफिसियल टिजर सार्वजनिक






