काठमाडौं । अस्ट्रेलियामा भएको टप एन्ड टी-२० सिरिजमा नेपाल ए टोलीले पहिलो जित दर्ता गराएको छ ।
डार्विनस्थित मरारा क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल ए ले होबार्ट हुरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । यसअघिका दुई खेलमा नेपाल ए पराजित भएको थियो ।
नेपाल ए ले जितको लागि दिएको १५५ रनको लक्ष्य पछ्याएको होबार्ट हरिकेन्स एकेडेमी १८.३ ओभरमा सबै विकेट गुमाउँदै ११५ रनमा समेटियो । एकेडेमीका लागि नितेश सामुएलले सर्वाधिक ३७ रन बनाए भने टिम वार्डले २३ रन जोडे ।
नेपालका बलरमध्ये नारायण जोशीले तीन विकेट लिए भने शाहब आलम र पवन सर्राफले समान २-२ विकेट लिए । विपिन खत्रीले एक विकेट झारे ।
त्यसअघि टस जितेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ए ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५४ रनको योगफल बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले ३९ रन बनाए । उनले ३४ बलमा ६ चौका प्रहार गरे । मायन यादवले ३१, कप्तान अनिल साहले २८ तथा लोकेश बमले २० रन बनाए । तृत राज दासले १० रन जोडे ।
सम्बन्धित समाचार
सन्दीप पुनः नेपाली क्रिकेट टोलीको कप्तान
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म सुर्खेतमा आयोजना हुने
विश्वकै ध्यान तानेको एउटा विवाह
टप एन्ड टी–२० मा नेपाल ‘ए’को परीक्षा, अवसरको सदुपयोग होला ?
चिटिक्क बन्योः चिदीचौर खेल मैदान
व्यवसायिक फुटबलबाट सन्यास लिँदै रोनाल्डो !
यस्तो छ, एसियाली खेलकुदको सात दशक लामो यात्रा
विश्वकप फाइनलमा झगडा गर्ने अर्जेन्टिनाका ३ खेलाडीमाथि कारबाही






