श्रीमतीले प्रेमीसँग मिलेर हत्या गरेको अभियोगमा ५ पक्राउ

कैलाली । लम्कीचुहा नगरपालिका–४ बस्ने ३३ वर्षीय दिपक सुनारको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । दिपककी श्रीमती यमुना सुनारले प्रेमीसँग मिलेर अमरावती जंगलमा दिपकको हत्या गरी कर्णाली नदीमा फालेको अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ ।

पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका–४ बस्ने ३२ वर्षीया यमुना सुनार, सोही नगरपालिका–१० बस्ने ४१ वर्षीय दुर्योधन सुवर्णकार, टीकापुर नगरपालिका–३ बस्ने ३२ रामराजेश महतो, कञ्चनपुर बेलौरी नगरपालिका–९ बस्ने ५६ वर्षीय बिरेन्द्र राना र सोही नगरपालिका–८ बस्ने ३२ वर्षीय भीमा राना रहेका छन् ।

प्रहरीले उनीहरूलाई कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरू उपर जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 79 times, 1 visits today)

epaper

ताजा समाचार

चोरीको मोटरसाइकल शाखा अधिकृतको घरबाट बरामद