काठमाडौं । भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वीराजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभिरस्थित त्रिशूली नदीले कटान गर्दा सडक भासिन गई मानिससमेत आवतजावत गर्न नसक्ने गरी पूर्ण रुपमा अवरुद्ध भएको छ ।
त्यसैगरी धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिरमा पनि बाढीको कारण सडकको तल्लो भाग भासिएको कारणले पूर्ण रुपमा अवरुद्ध भएको छ । मुगुबाट गमगढी आउने सडक पनि अविरल वर्षाको कारणले अवरुद्ध छ । त्यसैगरी ओखलढुङ्गास्थित सिद्धिचरण लोकमार्गअन्तर्गतको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ६ र ७ लाई जोड्ने सडक पनि अवरुद्ध छ ।
त्यसैगरी लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ श्रीचौरस्थित बेँशीसहर मनाङ सडक पनि पूर्ण रुपमा अवरुद्ध रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 49 times, 1 visits today)
सम्बन्धित समाचार
काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन
मार्तडी–कोल्टी र खप्तड–डोगडी–मार्तडी सडक अलपत्र
पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध
बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
विभिन्न ठाउँमा पहिरोले विभिन्न सडक अवरुद्ध
कपिलवस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन
विकास आयोजनाको स्थलगत अनुगमन गर्दै सभापति ढकाल
गत आवमा पाँच सय घरमा खानेपानीको पहुँच






