‘कार्यकर्तालाई उत्पादनसँग जोड्न सागसब्जीखेती’

झापा । नेकपा (एमाले) बाह्रदशी गाउँ कमिटीले पार्टीको आन्तरिक आय वृद्धि गर्दै कार्यकर्तालाई उत्पादनसँग जोड्न चार बिघा क्षेत्रफलमा अर्गानिक सागसब्जीखेती सञ्चालन गर्ने भएको छ ।

हालै सम्पन्न गाउँ कमिटीको बैठकले बाह्रदशी गाउँपालिका–४ र ५ मा अर्गानिक सागसब्जीखेती गर्ने निर्णय गरेको हो । खेतीमार्फत कार्यकर्तालाई उत्पादनमा सहभागी गराउँदै आत्मनिर्भरता र आयआर्जन बढाउने लक्ष्य लिइएको पार्टी गाउँ कमिटी अध्यक्ष अनिल सापकोटाले बताए ।

उनले भने, ‘पार्टीलाई उत्पादनसँग जोड्ने उद्देश्यले अर्गानिक साजसब्जीखेती सुरु गर्न लागेका हौँ । यसले कार्यकर्तालाई उत्पादनमा जोड्नुका साथै पार्टीको आन्तरिक आय वृद्धि गर्न पनि सहयोग पुग्ने विश्वास छ ।’

पार्टीले सागसब्जीखेतीलाई दीर्घकालीन रूपमा विस्तार गर्दै कार्यकर्तालाई कृषि उत्पादन र उद्यमशीलतासँग जोड्ने लक्ष्य लिएको जनाएको छ । यसबाट स्थानीयस्तरमै रोजगारी तथा आयआर्जनका अवसर सिर्जना हुनुका साथै उत्पादनमुखी राजनीतिक संस्कृतिको विकासमा समेत सहयोग पुग्ने अध्यक्ष सापकोटाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 14 times, 1 visits today)

epaper

ताजा समाचार

नारायण अस्पतालवाट शिशु चोरी