उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले मदन भण्डारी लोकमार्ग नजिकैको जंगल भित्र लुकाई राखेको ठुलो परिणामा गाँजा सोमवार बिहान बरामद गरेको छ । मदन भण्डारी लोकमार्गमा पर्ने उदयपुरको कटारी नगरपालिका–६ बाँकेटारस्थित शान्तिवनबाट प्रहरीले एक हजार एक सय २२ दशमलव ६७ किलोग्राम प्रतिबन्धित लागू औषध गाँजा सहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक राजन चपागाईँका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान करिब ४ बजे शान्तिवन क्षेत्रमा खोजतलास गर्ने क्रममा जंगलभित्र लुकाइ छिपाइ राखिएको अवस्थामा ५२ बोरामा रहेको १० कुईटल गाँजा बरामद गरेको हो ।
प्रहरीले गाँजा ओसारपसारमा प्रयोग गरिएको बा १६ च ५२६९ नम्बरको बोलेरो गाडी समेत नियन्त्रणमा लिएको जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँका ५५ वर्षीय रामबहादुर मगर, सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
बरामद गाँजा बोलेरो गाडी सहित तीन जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय कटारीमा राखी घटना’bout थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक चापागाईँले जानकारी दिए ।
सम्बन्धित समाचार
माङसेबुङमा ‘अपाङ्गता भएका नागरिक घरपरिवारलाई बिमा कार्यक्रम’
सूर्योदयको एक अर्ब १८ करोड बजेट सार्वजनिक
जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु
इनरुवाको ग्रीनसिटीमा १२ हजार बिरुवा रोप्ने अभियान सुरु
पानालाल–कुश्मीको पूरा भयो आफ्नै घरको सपना
मकालु आधार शिविरमा पर्यटक र तीर्थयात्रीका लागि स्वास्थ्यकर्मीको टोली परिचालन
पाँच वर्षमा कोशी प्रदेशमा चट्याङबाट ६६ जनाको मृत्यु, २१८ घाइते
३ वर्षिया अवोध बालिकाको शव फेला, सौतेनी आमा पक्राउ






