नेपाल प्रहरीले रसुवा बाढीमा दिवंगत प्रहरीका परिवारलाई १० लाख रुपैयाँ दिने

काठमाडौं । नेपाल प्रहरीले गत १० भदौमा रसुवा भोटकोशी/त्रिशुली बाढीमा परी दिवंगत प्रहरी कर्मचारीका परिवारजनलाई विशेष आर्थिक सहयोग स्वरूप प्रहरी कर्मचारीहरूबाट राहत स्वरूप संकलन गरिएको रकमबाट तत्काल प्रतिव्यक्ति १० लाख रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा नेपाल प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकले सो निर्णय गरेको हो । साथै सो बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ४० करोड रूपैयाँसमेत प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले रसुवा भोटेकोशी÷त्रिशूली बाढीमा परी दिवंगत भएका प्रहरी कर्मचारीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना एवं मृतक प्रहरी कर्मचारीहरूको परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्ने निर्णय गरेको छ । साथै बाढीमा परी हालसम्म फेला पर्न नसेकका प्रहरी कर्मचारीहरूको खोजीका लागि परिवारका सदस्यहरूको सम्पर्क एवं समन्वयमा विशेषज्ञ हितको टोली परिचालन गरी सक्रियताका साथ खोजतलासलाई थप प्रभावकारी बनाउने निर्णय गरिएको छ ।

यसैगरी दिवंगत प्रहरी कर्मचारीहरूले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण रकम मिनाहा गर्ने, उनीहरूको परिवारबाट इच्छुक १ जनालाई सीपमूलक तालिम प्रदान गर्ने साथै रोजगारीको लागि आवश्यक पहल गर्ने, उनीहरूका सन्ततिहरूलाई ‍शैक्षिक वृत्तिअन्तर्गत पायक पर्ने प्रहरी आवासीय विद्यालयमा आधारभूत तहसम्म र नेपाल प्रहरी आवासीय विद्यालय साँगा काभ्रेमा उच्च शिक्षासम्म शैक्षिक शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाउने निर्णय भएको छ ।

बाढी प्रभावित क्षेत्रका प्रहरी एकाइ (इलाका प्रहरी कार्यालय टिमुरे, अस्थायी प्रहरी पोष्ट मैलुङ, प्रहरी चौकी रसुवागढी, प्रहरी चौकी स्याफ्रुबेशी, प्रहरी चौकी बेत्रावती) मा कार्यरत प्रहरी कर्मचारीहरूको व्यक्तिगत सामग्रीहरू क्षतिको राहत स्वरूप जनही ५० हजार रूपैयाँ उपलब्ध गराउने, नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले एक जना सिनियर प्रहरी अधिकृतलाई सम्पर्क व्यक्ति तोकी दिवंगत, सम्पर्कविहीन एवं घाइते प्रहरी कर्मचारीहरू र तिनका आफन्त एवं परिवारजनहरूलाई खोजतलास, उपचार तथा सेवा सुविधा प्राप्तिको लागि सहजीकरण गर्नेसमेत बैठकले निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 4 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल प्रहरीले रसुवा बाढीमा दिवंगत प्रहरीका परिवारलाई १० लाख रुपैयाँ दिने