काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुन–चाँदीको भाउ उकालो लागेको छ ।
आज सुन तोलामा सात हजार ६ सय रूपैयाँ बढेर तीन लाख चार हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ । हिजो बुधबार सुन प्रतितोला आठ हजार आठ सय रूपैयाँ घटेको थियो ।
बुधबार सुन प्रतितोला दुई लाख ९७ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार प्रतितोला चार हजार पाँच सय ८० रूपैयाँमा कारोबार भएको चाँदी आज तोलामा चार हजार सात सय २५ रूपैयाँमा किनबेच भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ४५ रूपैयाँ बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार चार सय ३० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 123 times, 1 visits today)






