काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुन–चाँदीको भाउ उकालो लागेको छ ।
आज सुन तोलामा सात हजार ६ सय रूपैयाँ बढेर तीन लाख चार हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ । हिजो बुधबार सुन प्रतितोला आठ हजार आठ सय रूपैयाँ घटेको थियो ।
बुधबार सुन प्रतितोला दुई लाख ९७ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार प्रतितोला चार हजार पाँच सय ८० रूपैयाँमा कारोबार भएको चाँदी आज तोलामा चार हजार सात सय २५ रूपैयाँमा किनबेच भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ४५ रूपैयाँ बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार चार सय ३० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै
स्मार्ट टेलिकम धरौटी लिलाम प्रकरण : इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे ८० लाख रुपैयाँ धरौटीमा रिहा
‘नोटबन्दी किन नगर्ने’ प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. वाग्लेले भने– हामीले सोचेका नै छैनौँ
कृषि उत्पादन वृद्धि गर्न विभिन्न बालीका उन्नत जात विकास
आजका लागि अमेरिकी डलरको विनिमय दर : न बढ्यो, न घट्यो
रेमिट्यान्स ३७.१ प्रतिशतले बढ्यो, शोधनान्तर बचत १० खर्ब २७ अर्ब
ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग
बाढीमा ज्यान गुमाएका परिवारलाई ५० हजार राहत






