भोटेकोशी बाढी : एक हजार २९० जनाको शव फेला, चार हजार ७९८ जना अझै बेपत्ता

काठमाडौं । रसुवा बाढीमा परी ज्यान गुमाएकामध्ये हालसम्म एक हजार २९० जनाको शव फेला परेको छ । बाढीपछि सम्पर्कविहीन भएका चार हजार ७९८ जना अझै बेपत्ता छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार फेला परेको शवमध्ये ३४ बालक, ४५ बालिका, २५० महिला र ४२७ पुरुषको रहेको छ । आंशिक अंगसहितका ५३२ जना शव फेला परेको प्रहरीले जनाएको छ । उपचारका क्रममा अस्पतालमा दुई जना मृत्यु भएकोे थियो ।

त्यस्तै, बाढीमा परी अझै चार हजार ७९८ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बेपत्ता हुनेमा पुरुष दुई हजार ३६९ र महिला ४७८ जना छन् । फोनबाट जानकारी प्राप्त भएका एक हजार ३५० जना तथा विदेशी नागरिकतर्फ ६०१ जना बेपत्ता रहेको प्रवक्ता काफ्लेले बताए ।

बाढी प्रभावित विभिन्न स्थानबाट फेला परेका शवको पहिचान तथा व्यवस्थापनको कामलाई प्रहरीले निरन्तरता दिएको छ । ठूलो क्षेत्र प्रभावित भएकाले सम्भावित स्थानमा खोजी गर्दै फेला परेका शवको पहिचान, अभिलेखीकरण र व्यवस्थापन गर्ने कार्य भइरहेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)

epaper

ताजा समाचार

दुई जनाको जीवितै उद्धार गरिएको माथिल्लो त्रिशूली– ३ ए जलविद्युत् आयोजनाको सुरुङबाट एउटा शव निकालियो