संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क जाने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन न्युयोर्क जाने भएका छन् ।

३ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको प्रतिनिधिमण्डललाई महासभामा पठाउने निर्णय गरेको भएपनि १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पु¥याएपछिको परिवर्तित अवस्थालाई लिएर प्रधानमन्त्री शाह राष्ट्रसंघीय महासभामा सहभागी हुन न्युयोर्क जाने भएका हुन् । जलवायु न्यायको आवाज विश्व समुदायसम्म पुर्याउन प्रधानमन्त्री शाह आफैँ न्युयोर्क जान लागेका हुन् ।

महासभाको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको विपद, त्यसको मानवीय तथा भौतिक क्षति र जलवायु न्यायको आवश्यकतासम्बन्धी विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने तयारी छ ।

रसुवा बाढीपछि प्रधानमन्त्री शाहलाई नै राष्ट्रसंघीय महासभामा सहभागी हुन दबाब पनि बढ्दै गएको छ । बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिलाई जलवायु परिवर्तनसँग जोडेर अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन प्रधानमन्त्रीले महासभालाई उपयोग गर्नुपर्ने सुझाव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेताहरूले दिइरहेका थिए ।

प्रधानमन्त्री शाह न्युयोर्क जाने विषयमा मन्त्रिपरिषद्को अर्को बैठकले आवश्यक निर्णय गर्नेछ ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा २३ भदौदेखि न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा सुरू हुँदैछ । महासभाको उच्चस्तरीय बैठक भने ६ असोजदेखि सुरू हुने तालिका छ ।

तपाइको प्रतिक्रिया
(Visited 86 times, 1 visits today)

epaper

ताजा समाचार

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत आयो, उद्धार जारी